सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको भीमदत्त नगरको अध्यक्षमा चन्द

कञ्चनपुर – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको भीमदत्त नगर अध्यक्षमा चन्दलाई मनोनयन गरिएको छ । बुधबार विद्यार्थी सङ्गठनका कञ्चनपुर जिल्ला अध्यक्ष प्रेम रावलले नितिन चन्दलाई नगर अध्यक्षको पदमा मनोनित गरेको हो ।

राप्रविस कञ्चनपुरले भर्खरै सुदूरपश्चिम विश्वविद्यालयमा सङ्गठनको पहिलो अधिवेशन बाट अध्यक्ष सञ्चित पन्तको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरेको थियो ।

विद्यार्थीहरूको हकहितको लागि बुलन्द आवाज उठाउने र शिक्षा क्षेत्रलाई विवाद रहित बनाउन सुगठन विस्तार गर्नु पर्ने अपरिहार्य देखिएको जिल्ला अध्यक्ष रावलले बताएका छन ।

नगर अध्यक्षको जिम्मेवारी पाएका चन्दले आफ्नो नगर भित्र रहेका क्याम्पसहरूमा सङ्गठन विस्तार गर्ने र राप्रविसलाई अन्य सङ्गठनहरू भन्दा फरक शिक्षक र विद्यार्थीहरूको लोकप्रिय सङ्गठन बनेर चिनाउन प्रतिवद्ध रहने बताएका छन् ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.