सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नागरिकतामा उमेर  बढाएर समाजिक सुरक्षा भत्ता खाइरहेको भन्दै छानबिनको माग

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका -०३ कमरीका एक आमाछोराको उमेर १ वर्ष मात्रै फरक भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको नागरिकता अनुरूप उनीहरूको उमेर १ वर्ष मात्रै फरक भएको पाइएको छ । 

प्रशासन कार्यालय कञ्चनपुरका तत्तकालिन प्रशासकीय अधिकृत हरि नारायण श्रेष्ठद्वारा हस्ताक्षरित गरिएको नागरिकतामा ११ माघ ०३८ सालमा कैलासी रानाको नागरिकता बनेको रहेछ । उक्त कैलासी रानाको उमेर नागरिकता जारीका बखत ३० वर्षको देखिएको छ । हाल कैलासीको उमेर ७३ वर्ष देखिएको छ । भने, उनका छोरा करम दास रानाको हालको उमेर ७२ देखिएको छ । करम सिह रानाले २३ चैत्र ०४६ सालमा नागरिकता बनाएका थिए । उतिबेला उनले ३ भदौ २००९ जन्ममिति कायम भएको देखिएको छ । यसरी आमा भन्दा छोराको उमेर १ वर्ष मात्रै कम भएकाले छलेर नागरिकतामा उमेर बढाएको भन्दै गाउँघरमा टिकाटिप्पणी भइरहेको छ । 

आमा भन्दा १ वर्ष मात्रै कम उमेर किन भएको भन्दै स्थानीयले छानबिनको माग अघि सारेका छन् । ‘आमाले स्वभाविक रुपमा समाजिक सुरक्षा भत्ता खाने भइहालिन्, ‘एक स्थानीयले भने, ‘तर छोराले उमेर वृद्धि गरेर अहिले समाजिक सुरक्षा भत्ता खाइरहेका छन् ।’ स्थानीयले यसरी उमेर वृद्धि गरेर राज्यले ज्येष्ठ नागरिकका लागि दिने सेवा सुविधा दुरुपयोग गरिरहेको भन्दै छानबिनको माग अघि सारेका छन । अनि आमा भन्दा छोरा एक वर्ष मात्रै कसरी कान्छो भएको भन्दै ब्यापक टिकाटिप्पणी भइरहेको छ । यस विषयमा समेत बेलडाँडी गाउँपालिका -०३ वडा कार्यालयमा समेत विरोध एव छानबिनको माग अघि सारिएको छ । 

बेलडाँडी गाउँपालिकाका -०३ का वडाध्यक्ष दुर्गा चौधरीले आमा भन्दा छोरा एक वर्ष मात्रै कान्छो भएकाले कसरी समाजिक सुरक्षा भत्ता खाइरहेको भन्दै वडामा डेलिगेसन आएको बताए । ‘यस विषयमा वडामा पनि उनकै गाउँका केही व्यक्तिहरूले कुरा उठान गरेका छन्, हाम्रो वडामा पनि यस विषयमा डेलिगेसन आयो, उनको मैले नागरिकता सिफारिस गरेको पनि होइन, त्यो त ०४६ सालतिरै बनाएका रहेछन्, कानुनी रुपमा करमदास रानाले पनि समाजिक सुरक्षा भत्ता पाउनु स्वभाविक हो, तर गाउँमा उमेरै नपुगेका व्यक्तिले समाजिक सुरक्षा भत्ता खाएको भन्दै विरोध आइरहेको छ ।’ 

Mahakali Polytechnic

नागरिकता बनाउने विषयमा विगतमा के कसो भयो, यस विषयमा मैले जानकारी राख्ने कुरा नभएको अध्यक्ष चौधरीले बताए । करम सिह रानाले आफूले उमेर पुगेपछि इमान्दारितापूर्वक प्रशासनमा गएर नागरिकता बनाएको र आमाको पनि कानुन अनुरूप बनाएको दावी गरेका छन् । ‘मैले र आमाले फरक फरम मितिमा नागरिकता बनाएको छु, ‘उनले भने, ‘अब प्रशासनले बनाउने नागरिकतामा हामी नपढेलेखेका मान्छेको के गल्ती छ, प्रशासनबाट जे जस्तो नागरिकता बनाइदियो, त्यही ल्याएर आएका छौँ, मेरो र आमाको उमेरको विरोध गर्नेहरू किन गरिरहेका छन्, मलाई थाहा छैन ।’ 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.