सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिद्धार्थ बैङ्कको आर्थिक सहयोगमा लक्ष्मी माविमा साइकल स्टेन्ड निर्माण 

कञ्चनपुर – सिद्धार्थ बैंकको आर्थिक सहयोगमा कञ्चनपुर भीमदत्त नगरपालिका १८ बागफाँटाको लक्ष्मी माविमा साइकल स्टेन्ड निर्माण गरिएको छ । सिद्धार्थ बैङ्क शाखा महेन्द्रनगरको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका १८ बागफाँटाको लक्ष्मी माविमा साइकल स्टेन्ड निर्माण गरिएको हो । 


लक्ष्मी माविमा प्रधानाध्यापक प्रमानन्द नाथले सिद्धार्थ बैङ्कको १ लाख २० हजार आर्थिक सहयोगमा विद्यालयमा साइकल स्टेन्ड निर्माण गरिएको बताए । बैङ्कका तर्फबाट महेन्द्रनगर शाखा प्रमुख बिरेन्द्र सिह कार्की (क्षेत्री), शाखा प्रमुख निराकार बहादुर सिहले प्रअ परमानन्द नाथलाई उक्त १ लाख २० हजारको चेक हस्तान्तरण गरेका छन् । बैङ्कले समाजिक उत्तरदायी अन्तरगत उक्त सामुदायिक विद्यालयमा साइकल स्टेन्ड निर्माण गरेको जनाएको छ ।

प्रअ नाथले साइकल स्टेन्ड निर्माण गरिएसँगै विद्यार्थीलाई सहज भएको बताए । लक्ष्मी माविका अध्यक्ष दशरथ भण्डारीले यसरी बैङ्कले विद्यालयको वृद्धि विकासका लागि गरेको सहयोगले थप टेवा पुग्ने बताउँदै आगामी दिनमा थप सरकारी, गैर सरकारी क्षेत्रबाट सामुदायिक विद्यालय वृद्धि विकासमा सहयोगको अपेक्षा राखेका छन् । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.