सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटले आयोजना गरेको आर्टिफिसिएल इन्टेलिजेन्स सम्बन्धी तालिम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा आर्टिफिसिएल इन्टेलिजेन्स सम्बन्धी तालिम सम्पन्न गरिएको छ। वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा तालिम जेठ २० गते सुरु गरिएको तालिम शनिबार सम्पन्न गरिएको हो।  तालिममा काठमाडौँ विश्व विद्यालयका एआई विभाग प्रमुख डाक्टर यज्ञराज पाण्डे प्रमुख प्रशिक्षक रहनुभएका थिए। 

वेदकोटका नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा तालिम समापन गरिएको हो।  कार्यक्रममा नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत  पदमराज भट्ट लगायतको उपस्थिति रहेको थियो। सुदूरपश्चिम विश्वविद्यालयबाट इन्जिनियरिङ् विभाग प्रमुख हरेन्द्र कलौनी,  बिएस्सी सिएसआईटी विभाग प्रमुख कर्णदेव भट्ट लगायतको उपस्थिति रहेको  कार्यक्रममा वेदकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत सुनिल चन्द र रोजगार शाखा प्रमुख भोजराज अवस्थीले सहजीकरण गरेका थिए। तालिममा सहभागि सम्पूर्णलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको नगर प्रमुखका सचिवालय प्रमुख प्रकाश कलौनीले जानकारी दिएका छन्। 

समापन कार्यक्रममा सहभागीहरूले तयार गरेका प्रोजेक्ट  समेत प्रस्तुत गरेका थिए। बालिमा लाग्ने रोग सम्बन्धी पूर्व सूचना दिने एआई सिस्टम, फोटोको आधारमा पर्यटकीय स्थलहरूको विस्तृत जानकारी दिने सिस्टम, व्यापार व्यवसायमा ग्राहकहरूको टिकाउ दर प्रदान गर्ने सिस्टम तथा मानव स्वास्थ्यमा लाग्ने रोगहरू पत्ता लगाउने एआई सिस्टम प्रस्तुत गरिएका थिए। 

कार्यक्रममा बोल्दै वेदकोटका नगर प्रमुख भोजराज बोहराले तालिम पश्चात नगर भित्र सूचना प्रविधि अध्ययन गरिरहेका युवाहरूमा प्रयोगात्मक सीप विकास भई व्यवसायिकरणमा सहयोग पुग्ने बताएका छन्। साथै नगर प्रमुख बोहराले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता गरेका छन्। 

Mahakali Polytechnic

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.