सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आयोजना गरेको वृक्षारोपण सप्ताह सम्पन्न

कञ्चनपुर – कञ्चनपुरमा सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आयोजना गरेको वृक्षारोपण सप्ताह सम्पन्न गरिएको छ। सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वन संरक्षण जैविक विविधताको संरक्षणका लागि साउन १ गतेदेखि ७ गतेसम्म वृक्षारोपण सप्ताह आयोजना गरेको थियो। 

वृक्षारोपण सप्ताहमा  कञ्चनपुरका ८ सामुदायिक वनमा वृक्षारोपण अभियान सञ्चालन गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले जानकारी दिएका छन्। उनका अनुसार लालझाडी गाउँपालिकाको कञ्चन सामुदायिक वन, शुक्लाफाँटा नगरपालिकाको भगवती र झिलमिलि सामुदायिक वन, कृष्णपुर नगरपालिकाको उग्रतारा, दिपेन्द्र स्मृति, ग्वासी समैजी, हरियाली र जनहित महाकाली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। वृक्षारोपण सप्ताह अवधिभर रैथाने तथा विभिन्न प्रकारका ३५ हजार बोटबरिुवा लगाइएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष जोशीले बताएका छन्। साथै वृक्षारोपण अभियानमा युएसएआइडीको विशेष सहयोग रहेको उनको भनाई रहेको छ। 

Mahakali Polytechnic

वृक्षारोपण सप्ताहको कृष्णपुर नगरपालिका -०२ खल्लागोठ वाणीमा रहेको जनहित महाकाली सामुदायिक वनमा वृक्षारोपण गर्दै समापन गरिएको हो। उक्त कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीको सभापतित्व रहेको थियो भने कृष्णपुर नगरपालिका -०२ का वडा अध्यक्ष अर्जुन सिह साउदको प्रमुख आतिथ्यता रहेको थियो। 

World Link Ads

Sana Kishan

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् कृष्णपुर नगरपालिका वडा नम्बर -०२ का वडा अध्यक्ष अर्जुन सिह साउदले वातावरण जोगाउनका लागि वृक्षारोपण गर्न अतिआवश्यक रहेको बताएका छन्। वन जङ्गल संरक्षण गरेपश्चात् नै पानीका मुहानहरूको पनि जगेर्ना हुने भएकाले वृक्षारोपण गर्नु अति आवश्यक रहेको उनको भनाई रहेको छ। ‘वनजङ्गल कम भएर प्रत्येक वर्ष गर्मी बढिरहेको छ’, उनले भने ‘वर्षा भएको खण्डमा बाढी आउने गरेर वर्षात भइरहेको छ, वनजङ्गल कम भएरै जङ्गली जनावर र मानिसबीच द्वन्द्व बढिरहेको छ। तसर्थ पर्यावरण जोगाउन वृक्षारोपण अति आवश्यक रहेको छ।’ साथै उनले पर्यावरण जोगाउन सबैले आआफ्नो तर्फबाट लाग्न अनुरोध समेत गरेका छन्। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.