सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सीमानाकामा  यात्रुलाई सहजिकरणमा विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान 

कञ्चनपुर – कञ्चनपुरको पश्चिमि नाका गड्डाचौकीमा यात्रुहरूलाई सहजिकरणमा विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ। नेपाल भारत मैत्री सङ्घ कञ्चनपुरको आयोजनामा तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र संयुक्त यातायात व्यवस्थापन समिति कञ्चनपुरको सहयोगमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै यात्रुहरूलाई सहजिकरणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको हो। 

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर -११ का वडा अध्यक्ष प्रकाश थापा, प्रस्तावित सिमा सुरक्षा गुल्म गड्डाचौकीका सशसत्र प्रहरी नायब उपरीक्षक रामेश्वर श्रेष्ठ र इलाका प्रहरी कार्यालय गड्डाचौकीका वरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथलाई सम्मान गरिएको नेपाल भारत मैत्री सङ्घ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठकले जानकारी दिएका छन्। राष्ट्र र राष्ट्रियता प्रति सर्मपित रहि नेपाल भारतको सिमा क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै तिनै जनलाई सम्मान गरिएको उनको भनाई रहेको छ। सम्मानित हुने तिनै जनाले आयोजकप्रति आभार व्यक्त गरेका छन्। 

Mahakali Polytechnic

भीमदत्त नगरपालिका वडा नम्बर -११ का वडा अध्यक्ष प्रकाश थापाले नेपाल भारत जोड्ने कञ्चनपुरको गड्डाचौकी सीमानाकामा (नेपाल) तर्फको सडक कालोपत्रे गर्न विशेष पहल गरेका थिए। उनले ७ नम्बर सीमा पिलरदेखि पूर्वतिर नेपाल तर्फ कालोपत्रे सडक निर्माण गर्न विशेष पहल गरेका थिए। सडक कालोपत्रे भएसँगै नेपाल भारत दुवै देशका यात्रुहरूलाई सहज भएको छ। यस अघि नेपाल तर्फ कच्ची सडक हुँदा यात्रुहरूलाई सास्ती खेप्नु परेको थियो ।

World Link Ads

Sana Kishan

नेपाल भारत मैत्री सङ्घ कञ्चनपुरका अध्यक्ष पाठकले सम्मानित भएका व्यक्तिहरूले सीमानाकामा महत्वपूर्ण पुर्याएको योगदान पुर्याएको र आगामी दिनमा पनि यस्ता कार्य निरन्तर गर्ने विश्वास व्यक्त गरेका छन्। साथै सीमानाकामा यात्रुहरूको आवागमनमा अझै सरल र सहज वातावरण बनाउन सरोकारवाला सबैले आआफ्नो तर्फबाट लाग्नुपर्ने उनको भनाई रहेको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.