सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 वेदकोट ८ मा बाढीको वितण्डा ः वडाध्यक्ष जोशी भन्छन्, ‘गृहमन्त्री ज्यूको वडा हो, पीडितलाई राहतदेखि क्षतिग्रस्त संरचना पुर्ननिर्माण हुने आशा छ’

कञ्चनपुर – चुरेसंगै जोडिएको कञ्चनपुरको एक वडामा पनि बाढीले ताण्डव मच्चाएको छ । वेदकोट नगरपालिका ८ वडाका विभिन्न बस्तीहरूमा बाढीले ताण्डव मच्चाएको हो । गत असार तेस्रो साता र साउन पहिलो साता भीषण रुपमा परेको वर्षाले रौटेला सहितका विभिन्न खोलानाला नदीमा आएको बाढीले कटान, पटानदेखि डुबान गरेको छ । 


वेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले बषौँदेखि रौटेला खोला, सहितका स्थानीय खोला नदी नालामा आएको बाढीले धनजनदेखि भौतिक संरचना तहसनहस बनाएको बताए । ‘हामीले बाढीबाट क्षतिग्रस्त स्थलको संयुक्त टोली बनाएर वडाबाट वडाभरि स्थलगत अनुगमन गरेका छौँ, ‘उनले भने, ‘वडाभरि अनुगमन गर्दा भौतिक क्षति नगन्य मात्रामा क्षति भएको छ ।’ वडाबाट विपद् व्यवस्थापन समिति गठन गरेर क्षतिग्रस्त सबै स्थानको संयुक्त अनुगमन गरिएको बताए । 


रौटेला खोलाको बाढीले टकुलिया क्षेत्रका १५ दलित समुदायका परिवार विस्थापित भएका छन । वेदकोट नगरपालिका ८ नम्बर वडाको तथ्याङ्क अनुसार अन्नबाली, खेतीयोग्य भूमि, सडक, पुलपुलेसा,पशुपन्छी तर्फ क्षति पुगेको छ ।  १ सय ८ विगाहमा लगाएको धानखेती, ७ कट्टामा अरहरखेती सहित १ सय १५ कट्टा जमिनको अन्नबाली नष्ट भएको छ । खेतीयोग्य जमिन कटान र पटानले उक्त जमिनमा रहेको अन्नबाली नष्ट भएको हो । सयौँ धरघुरीको दैनिक खाने धान, गहुँ तोरी, ताल, चामल, पिठो सहितका खाद्यान्न नष्ट भएको छ, चौपाया तर्फ ५ बाख्रा, पशुपन्छी तर्फ १ हजार २ सय बोईलर१७ लोकल कुखुरा मरेका छन । भने, २ स्थानीयका घर, ५ गोठ भत्किएका छन् ।

बाढीले घर भित्र रहेको बहुमूल्य सुनचाँदी सहितको गरगहना समेत नष्ट भएको छ । व्यक्तिको निजी सम्पती झण्डै २२ लाख बराबरको क्षति भएको छ । मुल राजमार्ग पूर्वपश्चिम महेन्द्र सहित जिल्ला सदरमुकाम, पालिका जोड्ने राजमार्ग सहित ठाँउठाँउमा क्षतिग्रस्त भएका छन । बाढीले पर्यटन रौटेला मार्ग सहित कफ्लासैनी, चौलानी, मालिकार्जुन, पुष्पलाल स्मृति, प्रेमसिंह धामी लगायतका सडक ठाँउ ठाँउमा क्षति भएको छ । 

Mahakali Polytechnic


स्थानीय गणेश सिह, राम बहादुर पाल, शेर बहादुर बमको घर जाने कल्भर्ट पुर्ण भएका छन । मुल नहर लाल सार्कीको घर नजिकै कालोपत्रे सडक र नहरको सडक, मुल नहरबाट शुभकामना टोलमा डुवान भएको छ ।  रौटेला खोलाले शुभकामना टोल, भाँसी, टकुलिया मार्गको दक्षिणतिरका सबै घरबस्ती विस्थापित भएका छन । लोक बहादुर सिह सहितका स्थानीयको जमिनमा बालुवा भरिएर खेतमा पूर्ण क्षति पुगेको छ । 

World Link Ads


‘हामीले वाढीपीडितटको उद्दार, वडाबाट सक्दो राहत दिएका छौँ, ‘वडाध्यक्ष जोशीले भने, ‘यस बर्ष वाढीबाट भएको क्षतिको पुर्ननिर्माणदेखि परिपुरण गर्न पालिका मात्रैको क्षमताले होला जस्तो छैन, यसका लागि प्रदेश र संघीय सरकारको सहयोग अपरिहार्य छ ।’ वडाध्यक्ष जोशीले वाढीले मानिसका व्यक्तिगत धनसम्पत्तीदेखि सार्वजनिक सडक, पुल पुलेसा नहरमा ठुलो क्षति पुगेको छ । अहिलेसम्म वडा सरकार मात्रै निरन्तर हामी संयुक्त रुपमा खटिएपनि पालिका, प्रदेश र केन्द्रले ध्यान चासो समेत व्यक्ति नगरेको बताए । ‘वाढीले क्षतिग्रस्थ सडक, पुलपुलेसा, खेतीयोग्य भूमि पुर्ननिर्माण, पुर्नरुत्पादनका लागि ठुलो धनराखी खर्च हुने देखियो, ‘उनले भने, ‘उत्रो बजेट वडा, पालिकासग हुँदैन, अब प्रदेश र संघीय सरकारले यस वडाको वाढी ताण्डप बारे हेर्नुको विकल्प छैन ।’ वडाध्यक्ष जोशीले नवनियुक्त संघीय सरकारका गृहमन्त्री रमेश लेखककै वडा भएकाले वाढीपीडितलाई राहत, क्षतिपूर्ति एव क्षतिग्रस्त सार्वजनिक सरचना पुर्ननिर्माणका लागि ध्यान दिने आशा व्यक्त गरेका छन् । 

Sana Kishan


‘यो वाढीको सन्त्रासमा रहेको वेदकोट ८ गृहमन्त्री रमेश लेखक ज्यूकै वडा हो, ‘वडाध्यक्ष जोशीले भने,‘वाढीको ताण्डप बारे स्वयम गृहमन्त्री ज्यूको ध्यानाकर्षण गर्दै पुर्ननिर्माणका लागि आवश्यक पहलका लागि आशावादी छु ।’ यस विषम परिस्थितिमा प्रदेश र संघीय सरकारले विपद्बाट क्षतिग्रस्त सरचनाको पुर्ननिर्माणदेखि भावि दिनमा दीर्घकालिन विपद् व्यवस्थापन गरिदिन आग्रह गरेका छन । वडाका चुरेदेखि राजमार्गसम्मै बग्ने रौटेला सहितका सबै खोला नदीनालाहरुको कटानी नियन्त्रण गर्न नसके खेतीयोग्य भूमिदेखि नागरिक विस्थापित हुने वडाध्यक्ष जोशीको चिन्ता छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.