सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपरमा ‘ह्याँक’ विमर्श तथा कवि सम्मेलन सम्पन्न

कञ्चनपुर – प्रगतिशील लेखक सङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे आयाेजनामा ‘ह्याँक’ विमर्श तथा कवि सम्मेलन महेन्द्रनगरमा सम्पन्न भएको छ । प्रलेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश पन्त मीतबन्धुकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समिति सल्लाहकार रामचन्द्र नेपाल प्रमुख अतिथि रहनु भएको थियाे ।

कार्यक्रममा प्रलेसका केन्द्रीय समिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहईन्चार्ज तिलक बहादुर सिंह, प्रलेसका निवर्तमान राष्ट्रिय परिषद् सदस्य तथा महाकाली साहित्य सङ्गमका संस्थापक सदस्य एवम् पूर्व सभापति कल्यान ओझा, प्रलेसका प्रदेश सल्लाहकार तथा गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्राम, प्रलेस कञ्चनपुरका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पञ्चमराज भट्ट, वरिष्ठ साहित्यकार कृष्णदत्त चटाैत कान्त, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक विद्वान हरिप्रसाद खतिवडा, नेपाली लेखक सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामसुन्दर ढकाल लगायत विशिष्ट अतिथि रहनुभएकाे थियाे ।

प्रमुख अतिथिबाट व्यानर वाचन गरि समुद्घाटन गरिएको कार्यक्रममा प्रलेसका प्रदेश उपाध्यक्ष तथा कार्यक्रम संयाेजक जगदीश ओझाले कार्यक्रम बारे प्रकाश पार्दै सहभागीहरुलाई मन्तव्य मार्फत स्वागत गरेका थिए । प्रलेस प्रदेश सचिव सिर्जन श्रीले सञ्चालन गरेकाे कार्यक्रममा प्रलेस सुदूरपश्चिम प्रदेशको मुखपत्र “ह्याँक ” माथि पञ्चमराज भट्टले समिक्षात्मक परिचर्चा गर्नु भएकाे थियाे । ह्याँक अङ्क २ का कार्यकारी सम्पादक कविराज भट्टले सम्पादकका तर्फबाट मन्तव्य राख्नु भएकाे थियाे ।

कार्यक्रममा ज्ञातअज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द‌ै एक मिनेट माैनधारण गरिएको थियाे । कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले मन्तव्य सहित कविता बाचन गर्नु भएको थियाे । तीन दर्जन स्रष्टाहरुले रचनावाचन गरेका थिए । रचना वाचन गर्ने स्रष्टाहरुमा कञ्चनपुरबाट रामचन्द्र नेपाल, साक्षी खतिवडा, बविता कार्की, तेज लाेहार, सत्यराज जाेशी, यज्ञराज पन्त, श्यामसुन्दर ढकाल, वीरबहादुर चन्द, तुलसी प्रसाद पण्डित, मीना पन्त, हरिप्रसाद खतिवडा, कल्यान ओझा, दीपक बुढा, गंगा विष्ट नेगी, कृष्णदत्त चटाैत कान्त, प्रजापति नेगी, सतिश चुनारा, सुधिर पन्त, पदम सार्की, प्रेमप्रकाश कलाैनी, अमित प्रसाद भट्ट, धर्मानन्द भट्ट, धनगढी कैलालीबाट तिलकबहादुर सिंह, काेपिला शर्मा कल्प, कृतिक घिमिरे, ओम प्रकाश पुन, तीर्थराज जाेशी, तीर्थराज ओझा (गड्सेरी माइला), बझाङबाट पूर्ण मल्ल र आकांक्षा मल्ल लगायत रहेका थिए ।

Mahakali Polytechnic

कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र नेपालले प्रलेसले आफ्नाे संघर्षमय जीवनमा राष्ट्रकाे साहित्य जगत्मा फड्को मार्दै सकारात्मक तथा अग्रगामी चेतना विकासमा महत्त्वपूर्ण याेगदान दिंदै आएको र नयाँ उचाई प्राप्त गरिरहेकाे सन्दर्भ जाेड्दै साहित्यका ऐतिहासिक तथ्यहरुकाे खाेजिमा समेत कम्मर कसेर लाग्नुपर्ने बताउनु भयाे । सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अध्यक्षबाट समापन गरिएकाे कार्यक्रम करिब साढे तीनघण्टासम्म चलेको थियाे ।

World Link Ads

उक्त कार्यक्रममा कञ्चनपुरबाट रामचन्द्र नेपाल, साक्षी खतिवडा, बविता कार्की, तेज लाेहार, सत्यराज जाेशी, यज्ञराज पन्त, श्यामसुन्दर ढकाल, वीरबहादुर चन्द, मधु हमाल, हिरा जाेशी भट्ट, दिपा कुमारी भट्ट, तुलसी प्रसाद पण्डित, मीना पन्त, हरिप्रसाद खतिवडा, कल्यान ओझा, दीपक बुढा, गंगा विष्ट नेगी, कृष्णदत्त चटाैत कान्त, प्रजापति नेगी, सतिश चुनारा, सुधिर पन्त, पदम सार्की, प्रेमप्रकाश कलाैनी, अमित प्रसाद भट्ट, धर्मानन्द भट्ट, नारायण लम्साल, प्रेम वल्लभ भट्ट, जगदीश धामी, लखनप्रसाद अवस्थी, पत्रकारहरु महादेव अवस्थी, प्रकाश भट्ट, नरेश जाेशी,धनगढी कैलालीबाट तिलकबहादुर सिंह, काेपिला शर्मा कल्प, कृतिक घिमिरे, ओम प्रकाश पुन, कुशल घिमिरे, तीर्थराज जाेशी, तीर्थराज ओझा (गड्सेरी माइला), बझाङबाट पूर्ण मल्ल, देवकी मल्ल र आकांक्षा मल्ल लगायतको सहभागिता रहेको थियो। । कार्यक्रममा रचना वाचन गर्ने कविहरुलाई सम्मान समेत गरिएको छ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.