सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिका ३ तिलकपुरमा रहेको शहीद स्मृति सामुदायिक वनमा वृक्षारोपण

कञ्चनपुर – कञ्चनपुरको एक सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। शनिबार भीमदत्त नगरपालिका -०३ तिलकपुरमा रहेको श्री शहीद स्मृति सामुदायिक वनमा वृक्षारोपण गरिएको हो। वृक्षारोपणमा नेपाली सेना, नेपाल प्रहरी, चुरे संरक्षण सञ्जाल, जिल्ला वन कार्यालयका पदाधिकारी, जनप्रतिनिधि एवम् स्थानीय लगायतको सहभागिता रहेको श्री शहीद स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कर्ण बहादुर बिष्टले जानकारी दिएका छन्।

जिल्ला वन कार्यालय कञ्चनपुरको सहयोगमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको उपभोक्ता समुहका अध्यक्ष बिष्टले बताएका छन्। उनले भने ‘१२ सय हजार बिरुवा जिल्ला वन कार्यालयले निशुल्क वितरण गरेको थियो जसमा ६ सय बिरुवा सालका, ४ सय बिरुवा विभिन्न फलफूलका र  २ सय अन्य प्रजातिका बोटबिरुवा थिए। ति बिरुवाहरू वनको खाली रहेको क्षेत्रमा लगाएका छौँ।’ बर्सातको समयमा खन्याखोलाले गर्ने क्षतिलाई रोक्न पनि वनमा वृक्षारोपण जरूरी रहेको हुँदा यो वर्षदेखि वृक्षारोपण सुरु गरिएको उनको भनाई रहेको छ।

Mahakali Polytechnic

आगामि दिनमा पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिवद्धता गरेका छन्। त्यसैगरी चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले भूक्षय रोक्न वृक्षारोपण जरूरी भएको बताएका छन् । उक्त क्षेत्रमा खन्याखोलाले समेत क्षति गर्ने हुँदा रैथाने प्रकारका बिरुवाहरू लगाउनुपर्ने उनले बताएका छन् । उनले भने ‘खन्याखोलाले पनि यो क्षेत्रमा क्षति गर्ने गरेको छ, अनि खन्याखोलाको धार परिवर्तन हुन्छ थाहा हुन्न त्यही भएर रैथाने प्रकारका बिरुवाहरूको उमेर पनि बढी हुने र भूक्षय पनि रोक्ने हुँदा त्यस्ता बिरुवाहरू लगाउन उपयुक्त हुन्छ।’

World Link Ads

Sana Kishan

यस्तै, स्थानीय शङ्कर दत्त विष्टले पर्यावरणीय र वातावरणीय दृष्टिकोणले पनि अति आवश्यक रहेको चुरे क्षेत्रमा रहेका वनमा यसरी गरिने वृक्षारोपणले स्थानीयलाई बढी फाइदा पुग्ने बताएका छन्। पछिल्लो समयमा जलवायु परिवर्तनले गर्दा आमजनतालाई बढी समस्या भइरहेको अवस्थामा सामुदायिक वन लगायत सबैले आफ्नो क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने उनको भनाई रहेको छ। 

वृक्षारोपण कार्यक्रममा श्री श्रीदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति राजीव जङ्ग ठकुरी, चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिर बहादुर बोहरा, श्री शहीद स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायतले वृक्षारोपण गरेका थिए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.