सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्त्र अस्पतालद्वारा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निःशुल्क स्वास्थ्य शिविर

कञ्चनपुर – कञ्चनपुरको मन्त्र अस्पतालले जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका -०३ महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एवम् रिसर्च सेन्टरले जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जिप्रकाको आग्रह अनुरूप अस्पतालले शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । चालु आर्थिक वर्षमा मन्त्रले पहिलो पटक जिप्रकामा स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।

कैदीबन्दी र प्रहरी कर्मचारीहरूका लागि उक्त शिविर सञ्चालन गरिएको छ । मन्त्र अस्पताल एव रिसर्च सेन्टरका निर्देशक डा. गोविन्द रोकायाले जिप्रकाको आग्रह अनुरूप मन्त्रले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

डा. रोकायाका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोग चेकजाँचदेखि औषधी वितरण गरिएको छ । ३२ कैदीबन्दी र ५० प्रहरीको स्वास्थ्य परीक्षण, एवम् परामर्श दिइएको छ । ‘भर्खरै बाढी महामारीदेखि बर्सातको छालामा विभिन्न रोग देखिन लागेका छन्, ‘डा. रोकायाले भने, ‘शिविरबाट प्रहरी र कैदीबन्दीलाई लाभ हुनेछ ।’

Mahakali Polytechnic

निःशुल्क स्वास्थ्य उपचार पाएपछि प्रहरी कर्मचारी र कैदीबन्दी हर्षित भएका छन । मन्त्र अस्पतालले यस अघि पनि जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.