सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तिलाचौरका बाढीपीडित, विपन्न परिवारलाई खाद्यान्न सहयोग 

कञ्चनपुर – कञ्चनपुरको तिलाचौरका बाढीपीडित, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । भीमदत्त नगरपालिका -०८ तिलाचौरका बाढीपीडित, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । 

तिलाचौरका स्थानीय अगुवा युवा बलराम एसके तिलाचौर पशुपति टोलका एक युवाले बाढीपीडित, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए । उनका अनुसार पशुपति टोलका स्व. समाजसेवी धन बहादुर देउवा (बैदार साहेब) का छोराले बाबुको सम्झनामा अति विपन्न, गरिब, अपाङ्ग, बाढीपीडितलाई खाद्यान्न सहयोग गरेका छन् ।

युवा अगुवा एसकेका अनुसार १७ परिवारलाई प्रति परिवार २५ किलो चामल, तीन किलो दाल, तीन लिटर खानेतेल, पाँच किलो आलु सहितको खाद्यान्न सहयोग गरेका छन । स्व. समाजसेवी धन बहादुर देउवा (बैदार साहेब) का छोराले बाबुको स्मृतिमा सहयोग गरेका हुन । सहयोगी देउवा भारतमा बस्दै आएका आएका छन । यसरी देउवाले आफू परदेशमा भएपनि स्वदेशमा रहेका गाउँलेहरूको पीडामा मलम लगाउने काम गरेको भन्दै पीडितहरूले आभार प्रकट गरेका छन् । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.