सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनबारे छलफल

कञ्चनपुर –  राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको अधिकारीले कञ्चनपुरको बाढीबारे सरोकारवालासँग छलफल गरेका छन । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको अधिकारीले कञ्चनपुरको बाढीबारे सरोकारवालासँग छलफल गरेका हुन ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख अनिल पोखरेलले जिल्लाको बाढीको वस्तुस्थिति बारे सरोकारवालासँग छलफल गरेको बताए । उनले छलफल गरेर भावी दिनमा समस्या समाधानका लागि पहल गरिने बताए ।

गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्म कुमार भुसालले गृह मन्त्रालयले आगामी दिनमा विपद् प्रतिकार्य सहजताका लागि सरोकारवालासँग छलफल गरेर नयाँ योजना ल्याउने बताए । कार्यक्रममा जिल्लाका पालिका प्रमुखहरूले स्थानीय तहमा स्रोत साधन दिनुपर्ने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले विपद्बाट बाच्नका लागि सरोकारवालाको भूमिका आवश्यक रहेको औँल्याए

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.