सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 बैजनाथ मावि जडेपानीको प्रधानाध्यापकमा नवराज पन्त

कञ्चनपुर – कञ्चनपुर वेदकोट नगरपालिकाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकमा युवा शिक्षक नवराज पन्तलाई जिम्मेबारी दिइएको छ । वेदकोट नगरपालिका -०२ जडेपानीको बैजनाथ माध्यामिक विद्यालयको प्रधानाध्यापकमा युवा शिक्षक पन्तलाई जिम्मेबारी दिईएको हो । 

विद्यालय व्यवस्थापन समितिले माध्यामिक तहका शिक्षक पन्तलाई प्रअकै जिम्मेबारी दिएको जनाईएको छ । माध्यामिक तह अङ्ग्रेजी विषयमा शिक्षक पन्तलाई बिहीबार (३ साउन) देखि प्रअको जिम्मेबारी दिएको हो । 

झण्डै १८ वर्षदेखि शिक्षण पेशामा रहेका शिक्षक पन्तले ०७१ सालमा शिक्षक सेवा आयोग निकालेका थिए । स्थायी भएपछि शिक्षक पन्तले राष्ट्रिय मावि पहरिया, सरस्वती मावि महुलिया, घटाल मावि सुडामा शिक्षण गरेका थिए । घटाल माविबाट बैजनाथमा सरुवा भएका शिक्षक पन्तलाई अहिले प्रअको जिम्मेबारी पाइएको हो ।

शिक्षक तालिम केन्द्र महेन्द्रनगरका रोष्टर शिक्षक समेत रहेका अग्रेजी विषयका शिक्षक पन्तले प्रअको जिम्मेबारी पाएपछि अङ्ग्रेजी सहित समग्र विद्यालयको शैक्षिक स्तर वृद्धिमा अपेक्षा गरिएको छ । बैजनाथ माध्यामिक विद्यालयको प्रअमा जिम्मेबारी पाएपछि प्रअ नवराज पन्तले सामुदायिक विद्यालयको वृद्धि विकास शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रअ पन्तले शिक्षक, अभिभावक, सामुदायिक सहितका सरोकारवाला निकायसँगको समन्वय गरेर अघि बढ्ने बताए । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.