सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उच्च मूल्यबाट तोलाको तीन सय रुपैयाँले घट्यो सुन

हिजो अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनकाे भाउ आज भने तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज सुनकाे भाउ तीन सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.