सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्माण व्यवसायीले भुक्तानी नपाएपछि महाकाली सिँचाइ तेस्रो चरणको कार्यालयमा तालाबन्दी

कञ्चनपुर काम गरेको भुक्तानी नगरेपछि निर्माण व्यवसायीले राष्ट्रिय गौरवको आयोजना कार्यालयमा तालाबन्दी गरेका छन । कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अगुवाईमा महाकाली सिँचाइ तेस्रो चरणको कार्यालयमा निर्माण व्यवसायीहरूले तालाबन्दी गरेका हुन ।

मङ्गलबार निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी नदिएको भन्दै विरोध स्वरुप तालाबन्दी गरेका छन । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले गत आर्थिक वर्ष ०८०/०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोलि भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक वर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैङ्कका राखेर सरकारको काम गर्दछन्, तर सरकारी कार्यालयले भुक्तानी दिदैँन ।’ अध्यक्ष भट्टले महाकाली सिँचाइ तेस्रो चरणको चरम लापरबाहीले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने सङ्घारमा पुगेको बताए ।

अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका सबै कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन । व्यवसायीको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ । नेशनल कन्स्ट्रक्सन प्रालिका सञ्चालक एवम् सङ्घका कोषाध्यक्ष दीपक भट्टले गत आर्थिक वर्ष मात्रै नभई त्यस अघिका आर्थिक वर्षमा पनि निर्माण व्यवसायीले गरेका कामको कार्यालयले भुक्तानी गर्न बाँकी रहेको बताए । उनले जिल्लामा सबैभन्दा बढि ४० करोड भन्दा बढि भुक्तानी गर्नुपर्ने तेस्रो चरणको भएकाले पहिलो पटक कार्यालयमा तालाबन्दी गरिएको बताए । बराह डेभलपर्स प्रालि सव कन्टेक्टर भवानी कालिका निर्माण कम्पनी प्रालिका सञ्चालक हर्क बहादुर मल्लको बैङ्कको ऋण काटेर सरकारी काम गरेको तर अहिले आएर कार्यालयबाट धोखा पाइएको बताए । ‘मैले बैकबाट ऋण निकालेर सरकारको काम गरे तर, कार्यालयले भोलि भन्दा भन्दै वर्ष नै सकियो, भुक्तानी गरिदिएन, ‘उनले भने, ‘चारैतिरबाट साहुहरूले सताइरहेका छन्, हाम्रा पीडा कसले बुझिदिने ।’ उनका अनुसार आफ्नो कम्पनीले काम गरेको ४ करोड रुपैयाँ बाँकी रहेको बताए

गाल्वा निर्माण सेवाका सव कन्टेक्टर कञ्चन राष्ट्रिय निर्माण कम्पनीका सञ्चालक पुष्पराज अवस्थीले कार्यालयको कामका लागि बैङ्कबाट ऋण निकालेर काम गरेपनि अहिले भुक्तानी नपाएको बताए । ‘मैले बैङ्कबाट ऋण निकाले तर काम गरेपनि भुक्तानी गरिदिएन, अहिले त्यतिकै बैङ्कको ब्याज तिर्नुपरेको छ, ‘उनले भने, ‘हामीमाथि वित्तिय भारको सङ्कट थापेर कार्यालयले आफू उन्मिन खोजेको छ ।’ महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार ७ निर्माण कम्पनीको ४० करोड, ८४लाख, ४६ हजार, ४७१ रुपैया भुक्तानी गर्न बाँकी छ ।

Mahakali Polytechnic

लुम्बिनी स्वच्छन्दबन्दन भगवती भेजीको १४ करोड, ३० लाख, ८९४ रुपैया, आरोग्य भेगिम सोसाइटी जेभीको १करोड, ८ लाख, २४ हजार ३९८ रुपैया, गाल्वा निर्माण सेवा प्रालिको ३करोड, २१लाख, ७३ हजार, ५सय ७रुपैया, बराह डेभलपर्स प्रालिको ४करोड, ८२लाख, ४९ हजार, ४५९रुपैया, केएस कन्स्ट्रक्सन प्रालिको ७करोड, १५लाख, ९८हजार ७४०रुपैया, नेपाल आर्दश÷तेज जेभीको ५करोड, ४१लाख, १९ हजार ५८४रुपैँया र गीता साकुरा पावर जेभीको १६करोड, ९१लाख, ७९ हजार, ८८४रुपैया भुक्तानी गर्न बाँकी छ ।

World Link Ads

महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय प्रमुख कुसाङ शेर्पाले माथिबाट बजेट नदिएपछि निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसकिएको बताए । ‘हो उहाँहरुले काम सम्पन्न गरेर कार्यालयमा बिल सहितका सबै प्रंकृया पुरा गरिसकेका छन्, ‘उनले भने, ‘तर हामीले माथि मन्त्रालय, विभागका ताकेता गरेको रकम समेत पठाईदिएन ।’ व्यवसायीको भुक्तानीका लागि कार्यालयले निरन्तर माथिल्ला निकायका ताकेता गरिरहेको कार्यालय प्रमुख शेर्पाले बताए ।

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.