कञ्चनपुर – विपद् प्रभावित कञ्चनपुरको लालझाडी गाउँपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि लाखौँका उपकरण सहयोग गरिएको छ । निड्स नेपालले लालझाडी गाउँपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि लाखौँका उपकरण सहयोग गरिएको हो ।

सोमबार एक कार्यक्रमका विच निड्स नेपालका प्रतिनिधिले लालझाडी गाउँपालिका प्रमुख निर्मल रानालाई उक्त आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि लाखौँका उपकरण सहयोग हस्तान्तरण गरेका छन् । निड्स नेपालले मर्सिकोरसंगको साझेदारीमा सञ्चालित एमरेड परियोजना अन्तर्रगत उक्त सामाग्री सहयोग गरेको जनाईएको छ ।

निड्स नेपाल एमरेड परियोजनाका संयोजक नवीन भट्टले लालझाडी बाढी प्रकोपको उच्च जोखिममा रहेको विश्लेषण गर्दै पूर्व सूचना प्रणाली प्रभावकारी बनाउँदै नागरिक, धनजनको क्षति न्यूनिकरण गर्न आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न गराउनका लागि १ लाख ४२ हजार बराबरका सामाग्री दिएको बताए ।
उनका अनुसार कम्प्युटर, प्रिन्टर सहितका सामाग्री दिइएको छ । सामाग्री ग्रहण गर्दै लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले निड्सबाट प्राप्त समानको उपभोग गर्दै नागरिकलाई विपद बाट बताउने बताए ।










Discussion about this post