Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा जैविक विविधता र वातावरणीय विषयमा सरोकारवाला निकायको बैठक, संरक्षण गर्न प्रतिवद्धता  

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३१, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बिकास सिह महता, कञ्चनपुर – कञ्चनपुरका सरोकारवाला निकायले जैविक विविधता संरक्षण गर्न प्रतिबद्धता जाहेर गरेका छन् । सोमबार मित्र समाज काठमाडौँको आयोजना, जागृती फाउण्डेसन धनगढीको समन्वय एव यूएसएआईडी दाइ अन्तर्गत जलजङ्गल परियोजनाको सहयोगमा महेन्द्रनगरमा आयोजित ‘जैविक विविधता र वातावरणीय विषयमा सरोकारवाला निकाय बीच गोलमेच बैठक’ कार्यक्रममा सरोकारवाला निकायले जैविक विविधता संरक्षणमा प्रतिबद्धता जाहेर गरेका हुन् । 

उक्त कार्यक्रममा संरक्षणका क्षेत्रमा कार्यरत सरकारी एवम् गैर सरकारी सङ्घ संस्था, प्रशासन, सुरक्षा निकाय लगायतकाका प्रतिनिधिहरूले जैविक विविधताको क्षेत्रमा जोड दिनुका साथै आ–आफ्नो क्षेत्रबाट संरक्षणमा प्रतिबद्ध रहने बताएका छन्। कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले जैविक विविधता संरक्षण गर्न सकिने प्रयासहरूका बारेमा छलफल समेत गरेका थिए। सामुदायिक वन समन्वय समिति कञ्चनपुरका उपाध्यक्ष नरेश राज भट्टले संरक्षणका क्षेत्रमा नागरिकलाई सहभागिता आवश्यक रहेको बताए ।

बन संरक्षक धर्मराज पन्तले नीतिगत रूपमै वन पर्यावरण, बन्यजन्तुको सुधार आवश्यक रहेको औँल्याउँदै नीति बनाउने, कार्यान्वयन गर्ने पक्ष इमानदार हुनुपर्नेमा बताए। चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र बहादुर कुँवरले वातावरण संरक्षण सम्बन्धित ऐन नियम कार्यान्वयनमा जोड दिए भने संरक्षण क्षेत्रमा कार्यरत देवराज जोशीले हात्तीको कोरिडोर संरक्षण गर्नुपर्ने सुझाव दिए । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रकृतिमाथि जथाभावी खेलवाड गर्न नहुने बताए भने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले वन, पर्यावरण संरक्षणका लागि सरोकारवाला पक्ष नागरिकको समेत सहयोग अपरिहार्य रहेको बताउँदै जैविक विविधता संरक्षण गर्न सबैले आआफ्नो तर्फबाट लाग्नुपर्ने बताएका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृतले नीति नियमको पालना गरि निषेधित क्षेत्रमा आवतजावत गर्न नहुने हुँदा यसमा सम्पूर्ण मानिसले बन्यजन्तु बाट हुने घटना बाट बच्न सकिने हुँदा सबैले सजक्ता अपनाउन हुने बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कानुनको प्रभावकारी कार्यान्वयन गरेर पर्यावरण संरक्षणमा टेवा पुग्ने बताए । प्रजिअ सापकोटाले  कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाहमा जोड दिए । मित्र समाजका कार्यकारी निर्देशक विवेक सिह (ठकुरी) ले कञ्चनपुरको जैविक विविधता संरक्षणमा टेवा गर्ने उद्देश्यका साथ जिल्लाका सरोकारवालासँग छलफल गरिएको बताए । संरक्षणका क्षेत्रमा कार्यरत बरिष्ठ पत्रकार पिताम्बर सिग्देलले सहजिकरण गरेको उकार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीको सहभागिता रहेको थियो । 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व