सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैवाहिक बर्षगाँठकाे अवसरमा सामुदायिक वनमा वृक्षारोपण 

कञ्चनपुर – कञ्चनपुरको एक दम्पत्तीले वैवाहिक बर्षगाँठका दिन सामुदायिक बनमा बृक्षारोपण गरेका छन् ।

भीमदत्त नगरपालिका -०४ महेन्द्रनगरका धन सिंह धामी दम्पत्तीले भिमदत्त नगरपालिका -०३ मा रहेकाे श्री शहिद स्मृति सामुदायिक उपभोक्ता समुह बनमा बृक्षारोपण गरेका हुन् ।

 

आईतबार १५ औँ बर्षमा प्रवेस गरेको अवसर पारेर धामी दम्पत्तीले सामुदायिक बनको कार्यालय परिसरमा विभिन्न फलफुलका बिरुवा रोपेको बताएका छन् । १४ बर्षअघि धनसिह धामी र सावित्री पाली वैवाहित जिवनमा बाँधिएका थिए ।

 

धामी दम्पत्तीले कौसिमा बृहत ड्रागनखेती समेत गर्नुको साथै निशुल्क फलफुलको बिरुवा वितरण गर्ने गरेर चर्चा कमाएका छन् ।

 

Mahakali Polytechnic

वनमा रक्तचन्दन, श्रृखण्ड, अग्रउड, ड्रागनफल, शितलचिनिको  बिरुवा रोपेको धामीले बताएका छन्। बर्ष गाँठमा फजुल खर्च गर्नु भन्दा केही समाजिक सृजनात्मक काम गर्न प्रयास गर्न उक्त कर गरेको उनको भनाइ रहेको छ ।

World Link Ads

बृक्षारोपणमा धामी दम्पत्ती सहित सामुदायिक वनका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायत स्थानिय समेत सहभागि भएका थिए ।

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.