सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भुजेला खोलाको पानीको निकास गर्न माग

कञ्चनपुर – भीमदत्त नगरपालिका तीन वडाहरुले भुजेला खोलाको पानीको निकास गर्न माग अघि सारेका छन् ।

भीमदत्त नगरपालिका ११, १२ र १३ वडाहरुले भुजेला खोलाको पानीको निकास गर्न माग अघि सारेका हुन् ।

आइतबार तीनै वडाहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाउँदै विपदद्बाट बाँच्नका लागि प्रशासनलाई ज्ञापन पत्र बुझाएको बताएका छन् ।

वडाध्यक्षत्रय प्रकाश थापा, भुपेन्द्र सिह रावल र राम बहादुर बोहराले हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा खोलाबाट भएको क्षतिको क्षतिपूर्ति, पीडितलाई राहतदेखिका कार्यक्रमदेखि दिर्घकालिन रुपमा खोला व्यवस्थापन गर्न माग अघि सारेका छन् ।

Mahakali Polytechnic

चारदिन अबिरल रुपमा परेको भिषण बर्षाले भुजेला खोलामा आएको वाढीले तीन वडाका दर्जनौँ गाँउबस्ती डुवान, कटान, पटानदेखि निजी सरकारी भौतिक संरचनामा क्षति पुगेको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.