सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने

कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका विषयहरूको अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लामिछानेले आफ्नो बारेमा धेरै प्रश्नहरू उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजदेखि अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताउनुभएको हो । उहाँले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री लामिछानेले आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको जिकिर गर्नुभयो । गल्ती गरेको जो कोही पनि बच्न र बचाउन नहुने उहाँको भनाइ छ ।

‘सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन । मेरो बारेमा धेरै कुरा उठेका छन् । मैले आजसम्म आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस् भनेको छैन, निर्देशन दिएको छैन । तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैदेखि मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस् । गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन ।’

Mahakali Polytechnic

यसैगरी गृहमन्त्रीले सुन तस्करी प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनीयतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताउनुभयो । उहाँले सरकार निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको अन्तिममा पुगेको दाबी पनि गर्नुभयो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.