सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चारदिन भिषण बर्षाले कञ्चनपुरका गाँउ बस्तीदेखि शहरसम्मै ताण्डप

कञ्चनपुर, २५ असार चार दिनदेखि अबिरल रुपमा परिरहेको भिषण बर्षाले कञ्चनपुरका गाँउबस्तीदेखि शहर बजारसम्मै क्षति पु¥याएको छ । ठुला तथा साना खोला नदी भएका तटिय गाँउ बस्तीदेखि खोला, नदी नै नभएका बस्ती एव शहर बजारसम्मै भिषण बर्षाले क्षति पु¥याएको हो । जिल्लाभरी हजारौँ घरमा पानी पसेको छ । लगातार रातदिन परिरहेको भिषण बर्षा वाढीमा परिणत भएपछि कहिल्यै डुवान नहुने क्षेत्रदेखि यसअघि देखि नै ठुवानमा पर्ने गाँउबस्ती डुवानमा परेका छन । भिषण बर्षातका कारण विद्युत र टेलिकम सेवा समेत प्रभावित भएको छ । भने, मानविय, भौतिक क्षति भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा कटानी तथा दक्षिणमा डुवानले नागरिकलाई सास्ती खेप्नु गरेको छ ।

२८ सालकै झल्कोदिने गरि दोधाराचाँदनीमा वाढी महाकाली र जगबुढा दुई नदीको मिलन बिन्दु दोधाराचाँदनी नगरको कुतियाकबर यस बर्षपनि वाढीको शिकार बनेको छ । महाकाली नदीमा जगबुढा नदी थुनिदा नदी कुतियाकबरदेखि आसपारका गाँउबस्ती सुन्दरनगर, शान्तिटोल, निसानी टोल, रामपुरे बस्ती, देउराली घाट, जर्दा गाँउबस्ती डुवानमा परेका छन । दोधाराचाँदनी नगरपालिका १० कुतियाकबरका स्थानीय टेक बहादुर सुनारले हरेक बर्ष जगबुढा र महाकाली नदीको संगम स्थल कुतियाकबर भएकाले कटानी र वाढीको जोखिममा रहेको बताए ।

‘हाम्रो सीमावर्ती बस्ती दुवै नदीबाट कटानी र वाढीको चपेटामा पर्दै आएको छ, ‘उनले भने, ‘विगतको बर्ष भन्दा यस बर्ष बर्षाले झन ताण्डप मच्चायो, हामी घर छाडेर सुरक्षित घरमा बसेका छौँ ।’ दोधाराचाँदनी नगरपालिका ८ सुन्दरनगर जर्ता टोलका ६३ बर्षिया बृद्ध जितबिर कामीले ०२८ सालयताकै भिषण बर्षा,वाढी आएको बताए । ‘हाम्रा बुढापाखाहरुको ०२८ सालतिर दोधाराचाँदनी भिषण वाढी आएको र सयौँ विस्थापित भएको कहानी सुनाथे, आज हामीले नै त्यही वाढीसंग सामना गर्नु परेको छ, ‘उनले भने, ‘आकस्मिक रुपमा ह्वात्तै आएको जगबुढा नदी घरभित्रै पस्यो ।

Mahakali Polytechnic

’ विस्थापित भएर आफुहरु विद्यालयमा बसेको उनले बताए । सुन्दरनगर जर्ता टोलका अर्का स्थानीय तुल बहादुर खडकाले ०२८सालकै झल्कोदिने गरेर वाढी आएको बताए । ‘जगबुढा नदी र महाकाली नदीले कुतियाकबर सहितका अन्य गाँउबस्ती डुवान गरेपनि हाम्रो सुन्दरनगरमा यसरी पानी नै पस्दैन्थ्यो, ‘उनले भने, ‘यस पटकको पानी सिधै गाँउबस्तीमा पसेको छ ।’ झण्डै ५ दशक यताको वाढी सम्झाउने गरेर दोधाराचाँदनीमा वाढी आएको बताए । ‘वाढी आएपछि हामीहरु नजिकै विद्यालयमा आश्रय लिएर बसेका छौँ, ‘उनले भने, ‘अहिलेसम्म कुनैपनि सरकारले खानेकुरा दिएको छैन, हामीहरु आफैले खानाको प्रबन्ध गरेका छौँ ।’ दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पनि ०२८सालकै यता अर्को ठुलो वाढी आएको बताए ।

World Link Ads

‘हामी गाँउमा ०२८ सालमा दोधाराचाँदनीमा ठुलो वाढी आएर धेरैको संख्याको विस्थापित भएको सुन्थे, ‘उनले भने, ‘अहिले ०८१ सालको वाढीपनि त्यस्तै भएको छ, वाढी प्रभावित क्षेत्र सहित दोधाराचाँदनीका अधिकाँस गाँउबस्ती डुवानमा परेका छन ।’ मेयर लिम्बुले वाढीबाट झण्डै ९सय घर परिवार विस्थापित भएको बताए ।

Sana Kishan

उनले सबै वाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार दोधाराचाँदनीमा सोमबार बिहान ६२४मिलिमिटर बर्षा भएको छ । १६ बर्षमा फेरी गाँउ पस्यो चौधर नदी उत्तर चुरे भएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाँडी गाँउपालिका ५ईमलिया भएर भारततिर बग्ने चौधर नदी फेरी डेढ दशकपछि गाँउ पसेको छ । १६ बर्ष अघि अर्थात ०६५सालमा आएको वाढीका बेला पनि चौधर नदी ईमलिया क्षेत्रबाट गाँउ पसेको थियो । उतिबेला पुर्व सुचना प्रणाली नहुँदा मानविय भन्दा भौतिक, पशुधन तर्फ क्षति भएको थियो ।

अहिले पुर्व सुचना हुँदा मानविय पशु तर्फ कुनै क्षति नभएको बेलडाँडी गाँउपालिकाले जनाएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले ०६५ सालमा चौधर नदीले महाकाली सिँचाईको नहर फुटाएर गाँउ फस्दा ४÷५घर भत्काईदिएको सयौँको संख्यामा बाख्रा, पशुधन तर्फ क्षति भएको बताए ।

यस पटक पनि विगतमा गाँउ पसेकोे स्थानदेखि केही पुर्वतिरबाट नदी गाँउ पसेको छ । बेलडाँडी ५भुर्षाको गणेश माविको पुर्वबाट गाँउ पसेको चौधर नदीले बेलडाँडी बेलौरीका बस्ती डुवानमा पारेको छ । बेलडाँडी गाँउपालिका ५ईमलिया, २ढकनिया, ४ वैवाह, ३ खैरिघाटका हजार घर डुवानमा परेको गाँउप्रमुख रानाले बताए । ‘यो नदीको सतह गाँउबस्तीभन्दा धेरै माथि छ, ‘उनले भने, ‘नदीमा पानीको बहाव बृद्धि हुँदा ओभरफुलु भएर नदी गाँउ नै पस्यो ।’ गाँउ प्रमुख रानाले समयमै सबैलाई सुरक्षित स्थानमा पारेपछि घर डुवानमा परेको बताए ।

चौधर नदीको वाढीले ईमलियाका स्थानीय नन्दकिशोर एसकेको घर बगाएको छ । चौधर नदी नियन्त्रण गर्न नसके बेलडाँडी र बेलौरीका दर्जनौँ बस्ती डुवानमा पर्ने स्थानीयको भनाई छ । स्थानीय अगुवा जनक सिह धामीले चौधर नदीलाई निकुञ्जबाटै डाईभर्जन गर्नुपर्ने बताए । बेलडाँडी ३ खैरिघाटका रमेश रानाले दोस्रो पटक चौधर नदी गाँउ पसेको बताए । ‘पहिले पनि ईमलियाबाट चौधर नदी गाँउमा पसेको थियो, ‘उनले भने, ‘अहिले पनि पसेको छ, पानी आउँछ, जान्छ, ‘उनले भने, ‘हामीलाई दुईदिन दुख दिएर जान्छ, ‘घरमा भएको सबै समान नष्ट गरिदियो ।’ बर्षनी दोदाको नदीको ताण्डप निरन्तर चुरे भएर बग्ने दोदा नदीले हरेक बर्ष लालझाडी, बेलौरी र पुनर्वास तटिय क्षेत्रमा ताण्डप मच्चाउँदै आएको छ ।

चारदिनदेखि अबिरल रुपमा परिरहेको भीषण बर्षाले दोदा नदीमा आएको वाढीले डुवानमा परेका हुन । दोदा नदीले कञ्चनपुर दक्षिणी क्षेत्रका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन । गयरातीदेखि दोदा नदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन । लालझाडी गाँउपालिका २कञ्जका स्थानीय प्रकास रानाले सिङ्गै दोदा नदी गाँउ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास नगरपालिका ५ सिमरी, रातोपुल, २ मोतीबस्तीका सयौँ घर डुवानमा परेका छन । दोदा नदी गाँउ पस्दा पुर्वपश्चिम हुलाकी राजमार्ग समेत अबरोध भएको छ । दोदाबाट विस्थापित भएका

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.