सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर महाप्रसाद अधिकारीको सुझाव

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए । समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए ।

समितिको आजको बैठकमा बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.