सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त -११ का युवा सुरज पेलाद्वारा स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -११ को आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। भीमदत्त -११ कै स्थानीय तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरज पेलाले स्वास्थ्य सामाग्री सहयोग गरेको वडा अध्यक्ष प्रकाश थापाले बताएका छन्। उनले रू ५० हजार भन्दा बढिको स्वास्थ्य सामाग्री सहयोग गरेको वडा कार्यालयले जनाएको छ।

स्वास्थ्य सामाग्री सहयोग गरेका पेलाले आफूले केही गरेर आफ्नै ठाउँको स्वास्थ्य केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी महसूस भएको र आगामी दिनमा समेत सहयोग गर्न तत्पर रहने बताएका छन्। त्यसैगरी भीमदत्त -११ का वडा अध्यक्ष थापाले स्थानीय युवाले आफ्नो ठाउँको स्वास्थ्य केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै उक्त कार्यको प्रशंसा गरेका छन्। पेला हाल ओएफएम फर्मासिटिकल्समा एमआरको रुपमा कार्यरत छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.