सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

कञ्चनपुर – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

२०८१ जेठ ०२ गते (बुधवार)

दिउँसोː कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

World Link Ads
Mahakali Polytechnic

रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Dirghayu Ads

२०८१ जेठ ०३ गते (बिहीवार)

Sana Kishan

दिउँसोː कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ जेठ ०४ गते (शुक्रवार)

दिउँसोː कोशी र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.