सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शैक्षिक विकृती रोक्ने सहमती भीमदत्त नगरपालिकाले पालना गरेन : क्रान्तिकारी

कञ्चनपुर : अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि शैक्षिक समाग्री खरिद शिण्डिगेट रोक्नका लागि अनुगमन गर्ने सम्झौता गरेपनि हालसम्म पालना नगरेको जनाएको छ ।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चर्को शुल्क अशुली बिरुद्धमा भीमदत्त नगरका केही निजी विद्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएपछि १बैशाख १७मा भीमदत्त नगरपालिकाले आन्दोलनमा उत्रिएको क्रान्तिकारीसंग वार्ता गरेर भर्ना शुल्क सहितका विवित शैक्षिक विकृती बिरुद्धमा अनुगमन गर्ने सहमती गरेपनि हालसम्म पालना नगरेको जनाएको छ ।

Sana Kishan

अखिल क्रान्तिकारी कञ्चनपुरले शनिबार २९बैशाखमा एक प्रेस विज्ञप्ती जारी गर्दै भीमदत्त नगरपालिकाले शैक्षिक बेथितिमा मौन बसेर वार्तामा भएका विषयमा कार्यान्वयन गर्न पछि परेको जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

क्रान्तिकारीले जारी गरेको विज्ञप्तीमा गत शैक्षिक सत्र ०८०कै शुल्क कायम गर्ने, बढि लिएर भए फिर्ता गर्नेदेखि शैक्षिक विकृती बिरुद्धमा कार्बाहीमा जाने सहमती जनाएपनि दुईसातासम्म भीमदत्त नगरपालिकाले अनुगमन गर्ने विषय थाँति राखेको छ । क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले भीमदत्त नगरकी उपप्रमुख निलम लेखककै अध्यक्षतामा बसेको बैठकले गरुेका निर्णय कार्यान्वयनमा नगरपालिका उदाशिन भएपछि क्रान्तिकारी आफैले शैषिक विकृती, बेतिथि बिरुद्ध आन्दोलनको चेतावनी दिएका छन ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.