कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालय समायोजन प्रकृयामा रहेका विभिन्न १३ क्याम्पसद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाइएको छ।
यस अघि सुप विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुले कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।
मंगलबार एक कार्यक्रमका विच काठमाण्डौँमै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाईएको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी (कञ्चनपुर) की सञ्चालक समिति सदस्य दुर्गा भट्टले बताइन् ।
उनका अनुसार सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय भएपनि लामो समयदेखि समायोजन प्रकृया अघि बढ्न नसकेको अवस्थामा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सुप विश्वविद्यालयका समायोजन बाँकी रहेका १३ क्याम्पस प्रकृया अघि बढाउने बताएका छन् ।









Discussion about this post