कञ्चनपुर – भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको कञ्चनपुरका दुई नाका तीन दिनका लागि बन्द हुने भएका छन् । उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएको कञ्चनपुरको ब्रम्हदेब र गड्डाचौकी नाका तीन दिनका लागि बन्द हुने भएका हुन। भारतमा लोक सभा निर्वाचन हुने भएकाले चम्पावत जिल्ला अन्तरगत प्रथम चरणको मतदान हुने भएकाले तीन दिनका लागि नाका बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले हस्ताक्षर गरेको सूचनामा १ बैशाख ७ अर्थात १९ अप्रिलमा हुने निर्वाचनका लागि ४ बैशाख बेलुका ५ः१५ बजेदेखि ७ बैशाख मतदान समाप्ति हुँदासम्म नेपाल भारत सीमा नाकाहरू पूर्ण बन्द हुने जनाईएको छ । यस बिचमा स्वास्थ्य सेवा बाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् । जिल्लाको उत्तरी पश्चिम नाका बन्द भएपनि दक्षिणीपूर्वी नाका दोधाराचाँदनीदेखि पुनर्वासम्मको क्षेत्रमा भने नाका बन्द नरहेको जनाईएको छ ।
भारतमा हुने लोकसभा निर्वाचनका कारण तीन दिन नाका बन्द हुने भएपछि भारतको उत्तराखण्ड चम्पावत र नेपालको सुदूरपश्चिम प्रदेश कञ्चनपुर ब्रम्हदेब, महेन्द्रनगरमा रहेका सिद्धनाथ मन्दिरमा लागेको पूर्णागिरी मेलाका दर्शनार्थीलाई समेत सास्ती हुने भएको छ।












Discussion about this post