कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीमा दोस्रो मेयर कप डे- नाईट टि-१० क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजनामा आइतबारदेखि प्रतियोगिता शुरु भएको हो ।

त्यसैगरी प्रतियोगिताको दोस्रो दिन सोमबार पाँच खेल सम्पन्न भएका छन्। त्यसैगरी पहिलो खेलमा नेपाल पुलिसले भीमदत्त -०९ लाइ २३ रनले हराउँदै जित हात पारेको छ भने म्यान अफ द म्याच बिक्रम कार्की हुन् सफल भएका छन् । त्यसैगरी दोस्रो खेलमा भीमदत्त -०४ ले भीमदत्त -१९ लाई ३० रनले हराएको छ भने म्यान अफ द म्याच किशोर खडायत भएका छन्।

तेस्रो खेलमा भीमदत्त -१२ ले भीमदत्त -०२ लाई ५ रनले हराएको छ भने म्यान अफ द म्याच मनिश बिष्ट भएका छन्। चौथो खेलमा भीमदत्त -१० ले भीमदत्त -०३ लाई ११८ रनले हराएको छ भने म्यान अफ द म्याच नितेश बिष्ट भएका छन्। अन्तिम खेलमा भीमदत्त -१३ ले भीमदत्त -११ (ए) लाई २२ रनले हराएको छ । म्यान अप द म्याच बिकास भट्ट हुन सफल भएका छन्।


तस्बिर : डिल्ली राज पन्त









Discussion about this post