सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउँदै (भिडियो सहित)

कञ्चनपुर – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कञ्चनपुरमा जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै नास्टले सुदुरपश्चिम प्रदेशमा जडिबुटी प्रशोधन सम्बन्धी विशिष्टीकृत अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने जनाएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई देशव्यापी बनाउनको लागि हरेक सात ओटै प्रदेशमा एक – एक प्रयोगशाला बनाउने उद्देश्य अनुरूप सुदुरपश्चिमको प्रदेश अन्तर्गत महेन्द्रनगरमा जडिबुटी प्रशोधन सम्बन्धी विसिष्टकृत अनुसन्धान प्रयोगशाला बनाउन लागेको वरिष्ठ वैज्ञानिक अधिकृत तथा नास्टका सचिव रवीन्द्र प्रसाद ढकालले बताए । संघ, प्रदेश तथा स्थानीय गरी तिनै तहका सरकारको समन्वयमा जडिबुटी प्रशोधन प्रयोगशाला निर्माण हुन लागेको सचिव ढकालको भनाइ छ । सचिव ढकालले भने , “ आजको कार्यशाला गोष्ठीले विषेशगरी यस क्षेत्रको मजबूत पाटो के हो ? आगामी दिनमा अनुसन्धान केन्द्रलाई कसले कसरी अगाडि बढाउने भन्ने नीतिगत रुपमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । त्यसैले हामीले यहाँका व्यबसायी , किसान , प्राज्ञिक एवं सरोकारवाला निकाय बोलाएका थियौं ।” अब प्रयोगशाला सञ्चालक समितिको बैठक बसेर यस क्षेत्रका जडीबुटीको पहिचान कसरी गर्ने तथा बजारीकरण , व्यवसायिकरण गर्ने सम्बन्धमा थप निर्णय गरेर अगाडि बढ्छौं , उनले भने । नास्टले अहिले देशको प्रविधि तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

गोष्ठी कार्यक्रममा प्रमुख अतिथि रहेका सुदुरपश्चिम प्रदेश सरकारका नीति तथा योजना आयोग उपाध्यक्ष अनुप कुमार उपाध्यायले जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्रको स्थापनामा प्रदेश सरकारले सकेको सहजीकरण गर्ने बताए । यस क्षेत्रको जडीबुटीको प्रशोधन गरी व्यवसायिकरण गर्ने सके आर्थिक हिसावमा उन्नति गर्न सकिने उपाध्यायको भनाइ छ ।

Dirghayu Ads
Sana Kishan

गोष्ठीमा नास्टका प्रज्ञा तथा विशिष्टीकृत अनुसन्धान केन्द्र सुदुरपश्चिमका अध्यक्ष प्रा. डा विजया पन्त, नास्टका मुख्य वैज्ञानिक अधिकृत डा.लोकरञ्जन भट्ट , वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्ट , जडिबुटी व्यबसायी टेक बहादुर चन्दले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नास्टले यसभन्दा पहिला पनि कञ्चनपुरमा शाखा कार्यालयको रूपमा कार्यालय खोलें पनि त्यो पूर्ण रुपमा कामकाज गर्न सकिरहेको थिएन । अब भने नास्टले सुदुरपश्चिम प्रदेश स्तरीय विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेको हो । अनुसन्धान केन्द्र खोल्नका लागि नास्टले जग्गा खोजेर नयाँ कार्यालय भवन निर्माण गर्ने जनाएको छ । कार्यालयमा एक प्रशासकीय अधिकृत, एक लेखा, एक मुख्य वैज्ञानिक , दुई जना वरिष्ठ वैज्ञानिक र तीन जना अनुसन्धान विश्लेषक (Research analysis) रहने नास्टले जनाएको छ ।

भिडियो हेर्न लिङ्कमा जानुहोस् ।।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.