सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुलुकमा सुनदेखि नक्कली भुटानी शरणार्थी काण्डले संकट निम्तायो : महतो 

कञ्चनपुर – पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले मुलुकमा काण्डै काण्डले संकट निम्त्याएको बताएका छन । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमको सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री महतोले मुलुकमा काण्डै काण्डले संकट निम्त्याएको बताएका हुन । 


राष्ट्रिय मुक्ति क्रान्ति महेन्द्रनगर ब्युरोले बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ सम्बाद कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महतोले सुनदेखि भुटानी शरणार्थी, ललिता निवास सहितका थुप्रै काण्डले विकास स्थिरता, सुशासन कमजोर बनाएर जनतालाई निराशा बनाएको बताए । ‘सत्ता सञ्चालन गर्ने नै काण्डमा मुछिने, बचाउने खेलमा लागेका छन्, ‘उनले भने, ‘जब रक्षक नै भक्षक भएपनि जनता अधिकारबाट बञ्चित हुँदै गएका छन ।’

Sana Kishan


राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक समेत रहेका महतोले संविधानमा बहुलवाद राखिएपनि त्यसको अन्तर चरित्र अर्कै भएकाले अझैपनि मधेशी, थारू, दलित सहित उत्पीडित समुदायका जनता अधिकारबाट बञ्चित भएको बताए । 

World Link Ads
Mahakali Polytechnic


देश र जनताको पक्षमा भन्दा आफ्नो हितका लागि काम गर्ने प्रवृत्तिले  जनता राजनीतिप्रति निरास भएको बताए । ‘अब राजनीतिक आस्था भन्दा माथि उठेर काम गर्नुको विकल्प छैन, ‘उनले भने, ‘जनता यि दलहरूलाई पत्याउनेवाला छैनन् ।’संविधानले आफ्नो काम सुल्टो नभई उल्टो बाटोतर्फ गरिरहेको समेत आरोप लगाएका छन । आफूले विगतमा संसदबाटै भ्रष्टाचार, राष्ट्रघातीको पहिचान गरेर टुँडिखेलमा ल्याएर झुन्ड्याउन आव्हान गरेपनि उक्त विषयमा सरकारले पहल नै नगरेको दुखेसो पोखे ।

Dirghayu Ads

कार्यक्रममा पिछडावर्ग महासंघ सुपका अध्यक्ष राम सोगारथ ठाकुर, समान नेपालका संयोजक सिमरन चौधरी, राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा नेताद्वय रविदत्त मिश्र, ओम प्रकाश यादव सहितले धारणा राख्दै मधेशी थारू, दलित समुदायको अधिकार सुनिश्चित गराउनुपर्नेमा जोड दिए । राष्ट्रिय मुक्ति क्रान्ति कञ्चनपुरका नेता राम किशन रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय मुक्ति क्रान्ति कञ्चनपुरका अर्का युवा नेता अम्बादत्त तिवारी सञ्चालन गरेका थिए । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.