सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर पर्यटन महोत्सवमा चौपाया स्याहार तथा उद्धार समाज (आइ केयर यु) को फुड स्टल

कञ्चनपुर –  कञ्चनपुरको  महेन्द्रनगरस्थित खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा महोत्सव कञ्चनपुर पर्यटन महोत्सव हिजोबाट सुरु भएको छ । महोत्सवमा चौपाया स्याहार तथा उद्धार समाज (आइ केयर यु) ले पनि शाकाहारी फुड स्टल लगाएको छ।

No description available.
चौपाया स्याहार तथा उद्धार समाज (आइ केयर यु) की संस्थापक मन्जु शाहीले बेसहारा पशु चौपाया सम्बन्धी मान्छेलाई जागरुक गराउन स्टल लगाइएको बताइन। उनले भनिन् , “ पछिल्लो समयमा पशुहरू छोड्ने ठूलो क्रम जारी छ । यसको नियन्त्रणमा हामी पहिले देखि लागि रहेका छौं । अहिले पनि मेलामा घुम्न आउने मान्छेलाई कम्तीमा पसुमाथिको अन्याय रोक्न सहयोग पुगोस् भनेर केही पशु चौपाया उद्दारका सांकेतिक तस्बिर पनि राखेका छौं ।” यसबाट कमाई भएको रकम आई केयर यु संस्था मार्फत पशुको उद्दार र उपचार खर्च गरिने उनले बताइन । उक्त संस्थाले विगत १३ वर्ष देखी  सडक पेटीमा अलपत्र र घाइते रहेका छाडा पशु चौपायाको निःशुल्क उपचार गर्दै  आइरहेको छ।  

स्टलमा थुप्पा, सलाद, चिया लगायतका अन्य परिकार राखिएका छन् । फागुन २१ गते उद्घाटन गरिएको महोत्सव १० दिन सम्म चल्ने छ । मेला अवलोकनका लागि विद्यार्थी तर्फ ५० र सर्वसाधारण एक सय रुपैयाँ निर्धारण गरिएको छ। मेला ३० फागुनसम्म सञ्चालन हुनेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.