कञ्चनपुर – सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव भित्र यस पटक थारू गाउँ स्टल रहेको छ । मेला उद्घाटनकै दिन महोत्सवका विशिष्ट अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले थारू गाउँ स्टलको उद्घाटन गरेका छन ।

थारू गाउँ स्टलको उद्घाटन गर्दै मन्त्री धामीले लोप भइरहेको थारू समुदायको मौलिक पर्व खाने परिकार प्रर्वद्धनमा जोड दिए । मन्त्री धामीले आफ्नै लोक परम्परा धर्म संस्कृतिलाई प्रर्वद्धन गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । थारू गाउँ स्टलका संयोजक एव कञ्चनपुरका थारू अगुवा वेद प्रसाद चौधरीले लोप भइरहेको थारू समुदायको लोक संस्कृति, धर्म परम्परा, संरक्षण प्रर्वद्धनका लागि छुट्टै स्टल राख्न लागेको बताए ।
‘हामीले यस पटकको महोत्सवमा पहिलो पटक थारू गाउँ स्टल राख्न लागेका छौँ, ‘उनले भने, ‘नयाँ पुस्तामा लोप भइरहेको थारू धर्म, संस्कृति, परम्परा संरक्षण, प्रर्वद्धन गर्न खोजेका छौँ ।’ थारू खाने परिवारलाई बजारिकरण गर्दै थारू समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको उनले बताए । ‘हामी अहिले स्टल निर्माणमा खटिएका छौँ, ‘उनले भने, ‘कम्तिमा १२ स्टल राख्ने र थारू समुदायको लोक संस्कृति परम्परा झल्किने सांस्कृतिक सहित खाद्य परिकार राखेका छौँ ।’









Discussion about this post