सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधारा चाँदनीका युवा गजेन्द्र भट्टले सुरु गरे एलइडी बल्बको उत्पादन

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ शान्ति टोलका एक युवाले एलइडी बल्बको उत्पादन सुरु गरेका छन् । बजारमा पाइने हरेक प्रकारका एलइडी बल्बहरू अब दोधारा चाँदनी नगरपालिकमा उत्पादन र बिक्री वितरण हुने भएका हुन् । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख किशोर कुमार लिम्बुले उक्त कम्पनीको उद्घाटन गरेका छन् । दोधारा चाँदनी नगरपालिका ३ का स्थानीय इलेक्ट्रिक इलेक्ट्रोनिक ओभरसियर गजेन्द्र भट्टले एलइडी बल्बमा लाग्ने सबै पार्टपुर्जाहरू खरिद गरेर ल्याएर सबै बल्बहरू आफै निर्माण गरेर काम गरिरहेको बताएका छन्।

No description available.

जीवी आइडियल ग्रुप नामक कम्पनीको स्थापना गरी ७ जनालाई स्वरोजगार समेत प्रदान गरेको उनले बताए । आफूले इलेक्ट्रिक इलेक्ट्रोनिक ओभरसियरको अध्ययन गरि सकेपछि आफैले केही गर्नुपर्छ भन्ने सोचका साथमा आफ्नै कम्पनी खोलेर स्थानीयलाई रोजगार दिँदै काम गरिरहेको उनले भने, अहिले आफ्नो उत्पादनलाई सुदूरपश्चिमका नौ वटा जिल्ला र काठमाण्डौसम्म पनि माग भइरहेको छ , साथै अब निकट भविष्यमा आफ्नो उत्पादनले पुरै नेपाल भरीमा सेवा दिने लक्ष्यको साथमा काम भइरहेको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

No description available.

Dirghayu Ads

यो ग्रुप निर्माण गरेको ३ वर्ष भएपनि आफ्नो उत्पादनको काम र बजारमा माग अनुसार विश्वसनियता पनि बढ्दै गएपछि अहिले आएर यसको विधि पूर्वक उद्घाटन गरिएको उनले बताए । बल्बलाई चाहिने सामग्रीहरू भारत र चिनबाट ल्याउने गरेको ग्रुपका म्यानेजिङ डाइरेक्टर बलदेव भट्टले बताए । आर्थिक संकट भएको अवस्थामा पनि बजारमा उत्पादन दिँदै जाँदा गुणस्तरमा राम्रो भएपछि अहिले सहज भएको उनले बताए ।

No description available.

Sana Kishan

आफ्नो वडामा सुरुवातमा उत्पादन गरेका बल्बहरूको परिक्षण गरिएको भएपनि अहिले उत्पादनले राम्रो बजारीकरण गरिरहेको म्यानेजिङ डाइरेक्टर बलदेव भट्टले बताए । बजारमा पनि प्रतिष्पर्धा पनि बढी रहेको अवस्थामा आफूहरूले पनि दुई प्रकारको बल्बहरू बजारमा ल्याएको र जसले गर्दा सस्तो पनि र महँगो पनि बिक्री वितरण भइरहेको उनले बताए ।

No description available.

यस्तो आफ्नो भनाई राख्दै नगर प्रमुख किशोर कुमार लिम्बुले आफू कामदार हुनु भन्दा अरुलाई काममा लगाएर व्यापार गर्नु नै उत्तम भएको बताए । स्थानीय स्तरमा खोलिएको यो जीवी आइडियल ग्रुपले स्थानीय स्तरमा आफ्नो उत्पादनलाई पनि खपत गरिरहेको छ भने स्थानीय युवाहरूलाई पनि रोजगारको सिर्जना गरेर काम दिइरहेको प्रति आफूलाई खुसी लागेको बताए ।

No description available.

साथै अहिले यही ग्रुपले वडामा चाहिने सडक विजुलीको पनि व्यवस्था गर्नका लागी मैले वडा अध्यक्षहरूलाई यो ग्रुपलाई सहयोग गर्न आग्रह गर्ने बताए । साथै यो गौरवको विषय रहेको अवस्थामा आँउदो दिनमा पालिकाले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.