सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु- पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार राति १ बजे भएको बस दुर्घटनामा मृतकको संख्या १० जना पुगेको छ ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ ।सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।

Sana Kishan

चन्द्रौटादेखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएको बताइएको छ । घाइतेको उद्धारमा नेपाल र सशस्त्र प्रहरीको टोली रातिनै घटनास्थल पुगेको थिए । घाइतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य केन्द्रमा उपचार केन्द्रमा लगिएको छ ।

World Link Ads
Mahakali Polytechnic

३३ जना उद्धार गरिएकामध्ये नौ जनालाई थप बुटवलस्थित चौराहा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए । मृतक र घाइतेको अझै नाम नखुलेको बताइएको छ । बसमा तीन जना स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार रहेको बताइएको छ ।

Dirghayu Ads

“यो समाचार www.nayapatrikadaily.com बाट साभार गरिएको छ ।”

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.