सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योति माविमा पुरस्कार वितरण समारोह सम्पन्न 

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी मा रहेको जनज्योति माध्यमिक विद्यालयले आज शुक्रबार पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। जनज्योति एजुकेसनल फाउन्डेसन द्वारा सञ्चालित उक्त विद्यालयले वर्षभरी आयोजना गरेका खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो।

उक्त कार्यक्रममा निवर्तमान संघीय सांसद एवम् अन्तर्राष्ट्रिय मामिला विज्ञ दीपक प्रकाश भट्टको प्रमुख आतिथ्य रहेको थियो भने जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव जोशीको सभापतित्व रहेको थियो।

No description available.

Mahakali Polytechnic

कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश जोशी, प्रमुख प्रशासकीय अधिकृत भरत जोशी लगायत विद्यालयका अन्य शिक्षक/शिक्षिका, कर्मचारी, विद्यार्थी र अभिभावकको समेतको उपस्थिति रहेको थियो।

World Link Ads

No description available.

Sana Kishan

हिजो मात्रै जनज्योति माध्यमिक विद्यालयले एजुकेसनल फेस्ट सम्पन्न गरेको थियो। फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनीका साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरूको समेत प्रदर्शनी गरिएको थियो। फेस्टमा स्थानीय स्तरका खानेकुराका परिकारको फुड स्टल समेत राखिएको विद्यालयले जनाएको छ।

No description available.

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यालयले वर्षभरी आयोजना गरेका खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू पुरस्कार वितरण समारोहको आयोजना गरी पुरस्कार वितरण गरिएको बताए। उनले भने ‘हिजो मात्रै हामिले फेस्ट सम्पन्न गरेउँ र आज हामिले विद्यालयले यो बर्ष गरेका खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेका छौँ।’ साथै प्रधानाध्यापक जोशीले शनिबार माघ २७ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हुने जानकारी दिएका छन्। वार्षिकोत्सवमा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम तथा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने उनको भनाइ रहेको छ।

No description available.

फेस्टबाट विद्यार्थीहरूले ९६ हजार भन्दा बढीको आम्दानी गरेका थिए भने फेस्ट ४ हजार भन्दा बढीले अवलोकन गरेका थिए। फेस्बाट आर्जन भएको मुनाफा रकमको २५ प्रतिशत रकम अनाथालयमा सहयोग गरिने विद्यालयले जनाएको छ। जनज्योति स्कुल २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल भइ स्कुलमा हाल १०८२ विद्यार्थी अध्ययनरत रहेका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.