सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुख्यमन्त्री भलिबल प्रतियोगिता : सुदूरपश्चिमको पहिलो जित

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम टिमको समेत जित शुरुवात भएको छ ।

आयोजक सुदूरपश्चिम प्रदेशको टिमले घरेलु मैदानमा छिमेकी प्रदेश कर्णालीसंग जित शुरुवात गरेको हो ।

उद्घाटनकै पहिलो दिन आयोजक सुदूरपश्चिम र छिमेकी प्रदेश कर्णालीविच दुई सेट प्रतियोगितमा एक÷एक जितेर बराबरी भएको थियो । पहिलो दिन मौषमका कारण बाँकी सेट स्थगित भएका थिए । सोमबार भएको सुदूरपश्चिम र कर्णाली प्रदेशविच भएको प्रतियोगितामा आयोजक सुदूरपश्चिमले चारमा तीन सेट जितेर जित शुरुवात गरेको छ । सुदूपश्चिम टिमको प्रशिक्षकमा पुर्व भलिबलका राष्ट्रिय खेलाडी लाल बहादुर बाटाला रहेका छन ।

सुदूरपश्चिम प्रदेशले पहिलो सेटमा २५, कर्णालीले पहिलो सेट १४, त्यसपछि कर्णाली प्रदेश २५मा सुदूरपश्चिम २२मा सीमित भएको थियो ।दोस्रो दिन सुदूरपश्चिमले तेस्रो सेटमा २५मा कर्णाली २० र चौथो सेट सुदूरपश्चिम २५ र कर्णाली १२मा सिमित भएको थियो । जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले दोस्रो दिन पनि १०टिमविच ५खेल भएको बताए । संचिव विष्टका अनुसार दोस्रो पटक पनि नेपाली सेना, सशस्त्र प्रहरीले जित निरन्तर राखेका छन । कोसी प्रदेशसंग त्रिभुवन आर्मी क्बबले ३–०, सशस्त्र प्रहरीले कर्णालीसंग ३–०, लुम्बीनी प्रदेशले बागमतीलाई ३–१सेटले हराउँदै जितेका छन । मगलबारपनि पाँच खेल खेलाईने आयोजकले जनाएको छ ।

Mahakali Polytechnic

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिहले क्षेत्रको खेलकुद विकासका लासिग प्रतियोगिता आयोजना गरिएको बताए । खेलकुद परिषदका सदस्य सचिव सिहले यस अघि दुई पटक धनगढीमा सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुर महेन्द्रनगरमा गर्न लागेको बताए । प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागिय गरेर १० टिमविच प्रतिस्पर्धा भईरहेको छ ।

 

World Link Ads

प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ । सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । सदस्य सचिव सिहले प्रतियोगितामा झण्डै ८० लाख रुपैया विनियोजन गरेको बताए ।

 

Sana Kishan

कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले उद्घाटनका दिन सबैलाई निःशुल्क प्रवेस गराईएको बताए । अध्यक्ष मौनीका अनुसार भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ । युनिफर्ममा आउने विद्यार्थी, जेष्ठ नागरिकलाई निःशुल्क प्रवेस गर्न दिईनेछ । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले क्षेत्रको बृद्धि विकासका लागि संचालित भएको बताए । प्रतियोगिताबाट संकलन हुने रकम कोष निर्माण गरेर सुदूरबाटै भलिबलकी राष्ट्रिय खेलाडी पल्सरपिपुल्समा छनौट भएकी निरुता ठगुन्ना र अर्का खेलाडीलाई सहयोग बताए ।

 

२० माघसम्म संचालन हुने प्रतियोगिताको हजारौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । धेरै बर्षपछि महेन्द्रनगरमा राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि भलिबलका खेलाडीदेखि खेलकुदप्रेमी उत्साहित भएका छन । दैनिक हजारौँ दर्शकहरुले प्रतियोगिता अवलोकन गरेका छन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.