सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

कञ्चनपुर। राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मतभार पाइन् । यस्तै अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मतभार पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

उनले ४ हजार ३४७ मतभार पाएका छन् । एमालेबाट उम्मेदवार रहेका अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी पराजित भएका छन् । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत मतदान भएको थियो । यहाँ प्रदेशका ५२ र स्थानीय तहका १ सय ७५ गरि दुई सय २७ जना मतदाता रहेका थिए । सोमध्ये दुई जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा सहभागी भएका थिएनन् ।

Sana Kishan

यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएपछि रिक्त हुने ३ स्थानको लागि निर्वाचन भएको हो । सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको एक मत बदर भएको छ । राष्ट्रिय सभा सदस्यको लागि भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको अन्य कलस्टरको एक मत बदर भएको छ ।

World Link Ads
Mahakali Polytechnic

यहाँ अन्यबाट गठबन्धनबाट कांग्रेसका बद देव बोहरा र एमालेका ईश्वरी खरेल को प्रतिस्पर्धा छ । ५२ मध्ये कांग्रेसका बोहराले ३९ जनाको मत पाउँदा एमालेका खरेलले ११ जनाको मत पाएका छन् । महिला तर्फ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादीकी रेणु चन्दले ४१ जनाको मत पाउँदा एमालेकी सावित्री घिमिरेले ११ र अपाङ्गता तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४० मत पाउँदा एमालेका रामचन्द्र जोशीले १२ मत पाए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.