कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता पुष्कर बहादुर साउदले दोहोरो प्राध्यापन अन्त्य हुनुपर्ने बताएका छन्। यसै विषयमा बुधबार कञ्चनपुरका विभिन्न क्याम्पसमा अखिल क्रान्तिकारी कञ्चनपुरले दोहोरो प्राध्यापन अन्त्यको माग राख्दै ज्ञापन समेत पत्र बुझाएको उनले बताएका छन्।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा क्याम्पसमा लागू हुने समय तालिका सार्वजनिक गर्नुपर्ने, हरेक प्राध्यापकको समयतालिका, आफ्नो समय तालिका अनुरूप निजी तथा अर्को शैक्षिक संस्थामा जानुपर्ने कारण, क्याम्पसले तोकेको समयमा समय तालिकाको समयमा आफ्नो क्याम्पसमा रहनुपर्ने होइन र ? होइन भने समय तालिकाको समय अर्को संस्था वा निजी संस्थामा अध्यापन गराउँदा समेत गैर कानुनी नहुनुको कारण के हो ? यसको बारेमा सूचना दिन आव्हान गरिएको छ । क्रान्तिकारीले राज्यको लगानीमा रहेका क्याम्पस धराशायी बनाउने काम गर्न नहुने भन्दै प्रश्न समेत गरेको छ ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)