सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोहोरो प्राध्यापन अन्त्यको माग राख्दै क्याम्पसमा ज्ञापन पत्र 

कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्लाका विभिन्न क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । बुधबार क्रान्तिकारीले महेन्द्रनगरका विभिन्न क्याम्पसमा ज्ञापन पत्र बुझाएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले विविध समस्या र शैक्षिक विकृति विरुद्धमा क्रान्तिकारीले सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहितका विभिन्न विभाग, शारदा विद्यापीठ, सिद्धनाथ विज्ञान क्याम्पसमा ज्ञापन पत्र बुझाएको बताए । 

Sana Kishan


संयोजक विष्टले दोहोरो प्राध्यापन अन्त्यको माग अघि राख्दै ज्ञापन पत्र बुझाएको बताए । क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा क्याम्पसमा लागू हुने समय तालिका सार्वजनिक गर्नुपर्ने, हरेक प्राध्यापकको समयतालिका, आफ्नो समय तालिका अनुरूप निजी तथा अर्को शैक्षिक संस्थामा जानुपर्ने कारण, क्याम्पसले तोकेको समयमा समय तालिकाको समयमा आफ्नो क्याम्पसमा रहनुपर्ने होइन र ? होइन भने समय तालिकाको समय अर्को संस्था वा निजी संस्थामा अध्यापन गराउँदा समेत गैर कानुनी नहुनुको कारण के हो ? यसको बारेमा सूचना दिन आव्हान गरिएको छ । क्रान्तिकारीले राज्यको लगानीमा रहेका क्याम्पस धराशायी बनाउने काम गर्न नहुने भन्दै प्रश्न समेत गरेको छ । 

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.