सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनेरास्ववियु सुप प्रदेशको अध्यक्षका लागि कञ्चनपुरबाट रोकायाको दाबेदारी

कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि विद्यार्थी नेता कमल रोकायाको दावी रहेको छ । बुधबारदेखि कैलालीको धनगढीमा भइरहेको अनेरास्ववियू सुप प्रदेशको प्रथम अधिवेशनमा प्रदेश अध्यक्षका लागि कञ्चनपुरबाट कमल रोकायाको दावी रहेको हो ।

यस अघि अनेरास्ववियू कञ्चनपुरको अध्यक्ष एव हाल सुप प्रदेश सह संयोजक समेत रहेका रोकायाले आकांक्षा व्यक्त गरेका छन । रोकायाले आफूसँग विद्यार्थी संगठनको लामो अनुभव, संघर्ष भएकाले विद्यार्थीको हकहितका साथै शैक्षिक विकृतिका लागि प्रदेशको अध्यक्षका लागि दावी रहेको जनाएका छन ।

पाटी अध्यक्ष केपी शर्मा ओलीका विश्वासता विद्यार्थी नेता समेत रहेका उनलाई मूल पाटीले समेत साथ सर्मथन गरेको नेताहरूले बताएका छन । उनको पक्षमा सिङ्गो, जिल्ला, प्रदेश र केन्द्रीय संगठन सहित पाटी भएकाले अध्यक्षका लागि प्रबल दाबेदार रहेको जनाइएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds