काठमाडौँ – हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बुधवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे शेयर बाँडफाँट हुने छ। कम्पनीको शेयर ताज रिसेप्सन सुवर्ण शमशेर मार्ग बालुवाटारमा हुने क्यापिटलले जनाएको छ।
कम्पनीले गत मंसिर २७ देखि शेयर निष्कासन गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्कासनमा ल्याएको थियो।
सो मध्येमा २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यसै गरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड पनि बाँडफाँट गरिसकेको छ। सोपश्चात् दोस्रो चरणमा, बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासनमा ल्याएको थियो। सोही शेयर बुधवार बाँडफाँट हुन लागेको हो। जसमा १६ लाख ६१ हजार दुई सय ४२ जनाले आवेदन दिएका छन्। उपहार खबर बाट








Discussion about this post