Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रचण्ड नेतृत्व सरकारको एक वर्ष : धेरै निराशा, केही महत्त्वपूर्ण उपलब्धि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १०, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकारको आज एक वर्ष पूरा भएको छ । २०७९ पुस १० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । लगत्तै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिबद्धता अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार कमजोर देखिएको छ । प्रधानमन्त्री प्रचण्ड आफैँले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिनामै अर्को गठबन्धन बनाउन पुग्नुभयो ।

कांग्रेसका सभापति शेरबहादुर देउवासँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि यो बीचमा प्रचण्ड यही गठबन्धनभित्र बेलाबेला देखिने गरेकाे किचलोमा अल्झिएको टीकाटिप्पणी हुँदै आएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रचण्ड नेतृत्वको सरकार सुशासन, विकास र सेवा प्रवाहमा कमजोर रहेको टिप्पणी गरेको छ ।

सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणमा सरकारले शुरुवातमा राम्रै गति लिए पनि अहिले सुस्त अवस्था छ । अर्थतन्त्र सुधारमा पनि धेरै काम गर्न सरकारले सकेको छैन ।

त्यस्तै, सङ्क्रमणकालीन न्यायसम्बन्धी काममा अहिले पनि निरन्तर बहस हुँदै आएको छ । जबकि यो विषय १७ वर्षदेखि अल्झिएको छ । अरु विकास निर्माणका काम पनि अपेक्षाअनुसार नभएको आम गुनासो छ । यसबाट आम नागरिकमा निराशा कायमै छ । तर सरकारले आर्थिक समृद्धिका लागि केही महत्त्वपूर्ण काम गरेको दाबी गरेको छ । ऊर्जा क्षेत्रमा केही महत्त्वपूर्ण काम अगाडि बढाएको सरकारले बताउँदै आएको छ ।

जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, आन्तरिक खपत बढाउनेदेखि धेरै भएको बिजुली बिक्री गर्ने काम भएको छ । प्राधिकरणले यसवर्ष भारतमा १३ अर्ब बराबरको बिजुली निर्यात गरेको छ । विद्युतीय गाडीको प्रवर्द्धनलाई जोड दिएर प्राधिकरण आफैँ ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।

यस्तै, यसपालि किसानले अलि सहजरुपमा रासायनिक मल पाएका छन् । गएको वर्ष चार लाख ८९ हजार मेट्रिक टन रासायनिक मल आयात गरिएकोमा चार लाख एक हजार मेट्रिक टन बिक्री वितरण भएको कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहोराले जानकारी दिनुभयो । नेपाल भारतबीच कृषि तथा पशुपक्षी क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीअनुसार पशुनश्ल सुधार कार्यक्रममार्फत नेपालमा दुग्ध र मासु उत्पादन प्रवर्द्धनका लागि शुद्ध नश्लका लागि १५ मुर्रा राँगा प्राप्त भयो ।

सरकारले यसपालि धेरैजसो विद्यार्थीलाई पाठ्यपुस्तक पनि सहजरुपमा पुर्याएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगातार तीन वर्षदेखि मुनाफामा गएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उहाँले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । उज्यालो अनलाइनमा समाचार छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व