सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिनेछ : प्रधानमन्त्री

विराटनगर, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने जानकारी दिएका छन् ।

शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने र यसले सरकारको कामको गतिलाई असर नगर्ने बताए ।

मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने जानकारी पनि दिए ।

आउँदो मंगलबार अर्थात १० पुसमा आफू प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुन लाग्दा उनले एकवर्षमासुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको दाबी गरे ।

Mahakali Polytechnic

‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ । योबीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds