Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरबाट मुगुमा भएको छुवाछुत विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका दलित अगुवा, वुद्धिजिवी, समाजसेवीहरुले दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्मा माथी भएको जातिय छुवाछुतका विरुद्धमा ज्ञापनपत्र बुझाएका छन् । बुधवार जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विकलाई मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा भएको जातिय विभेद विरुद्धमा आफुहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा र बोधार्थमा गृह मन्त्रालय, दलित आयोग, र जिल्ला प्रशासन कार्यालय मुगुलाई ज्ञापन पत्र बुझाएको दलित अगुवा नरेश सिलालले जानकारी दिए ।

उक्त ज्ञापन पत्रमा “नेपाल छुवाछुत मुक्त राष्ट्र भएको र कानुनी रुपमा हाम्रो समाज छ तर, व्वहारिक रुपमा भने अझै कायमै रहेको अवस्थामा समाज यती अगाढी बढी सकेको सन्दर्भमा दलित समुदायले अमानविय र तल्लो स्तरको जिवनयापन गरिरहनु परेको अवस्था रहेको उल्लेख गरिएको छ” । साथै, ”दलितहरुले यो २१ औँ शताब्दीमा पनि धारा, गोठ छोएको नाममा, घरमा डेरा गरेर बसेको नाममा, समाजमा बसेको नाममा, अन्तरजातिय विवाह गरेको नाममा समयसमयमा जातिय विभेद, छुवाछुत भोग्नुपर्ने तथा ज्यान नै गुमाउनु पर्ने अवस्था रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ” ।

पिडितले न्याय माग्न जाँदा उल्टै पिडकबाट झनै असुरक्षित हुने र कानुन कार्यान्वयन गर्ने निकायहरुबाट यस्ता घटनाहरुको छानविन निष्क्रिय प्राय हुने गरेका छन् । यही सन्दर्भमा मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा भएको जातिय विभेद विरुद्धमा स्थानिय शाही मल्ल ठकुरीहरुले निजलाई स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा तँ तल्लो जातको रहेछस तैले दिएको औषधी खादैनौ भन्दै जातिय दुव्र्यवहार गरेको, पसलमा सामान खरिद गर्न जाँदा पैसा भुँईमा फालिदिने, आँगन भन्दा तल बस भन्ने, डेराम बसेका बेलामा डेरावालाले रातरात घर निकाला गर्ने, स्वास्थ्य चौकी ईन्चार्जले अन्य स्वास्थ्यकर्मीलाई राख्ने निज लाई राख्न नमान्ने, मानहानी गरी बेईज्जत गर्ने लगायतका घटनाहरु सम्बन्धमा गम्भिर ध्यानकर्षण भएको र आरोपित सबैलाई कानुन बमोजिम कारवाहीको माग गरिएको छ ।

घटना यस्तो छ 

गत माघमा स्वास्थ्य चौकीमा हाजिर भएकी उनी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसिन् । खनायाका स्थानीयलाई आफ्नो क्षमताले भ्याएसम्म सेवा गरेकी तुलसीले ११ महिना पछि भने दलित भएको भन्दै गाउँनै छोड्नु पर्यो । स्वास्थ्यचौकीमा पोस्टिङ भएपछि डेरा दिएका स्वास्थ्यकर्मी सुरजको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुलसी बताउँछिन् ।

उनका अनुसार सुरजका परिवारले बसेको ११ महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिए । ’घरबेटीले कोठा छोड्न भनेपछि अन्य घरमा कोठा मागे तर दलित भएको भन्दै कसैले पनि कोठा दिन मानेनन्’, तुलसी भन्छिन् । तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालासँग तुलसीले दुख बिसाउँदै भनिन्, ’शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै कहाँ भेट्न आउँछु भन्थे’। ’मल्लले मात्रै होइन गाउँ का अन्य युवाहरूले समेत बिरामी बहाना गराएर मध्यरातमा फोन गर्ने, रक्सी खाएर यौन प्रस्ताव गर्दै मानसिक तनाव दिए’, तुलसीले गुनासो गरिन् ।

साथै केही समय अघि स्वास्थ्य चौकीकै सहकर्मीको जन्मदिनमा मदिरा मिसाएको कोका खुवाएर आफ्नो भिडियो रेकर्ड गरेर चरित्र हत्या समेत गरेको तुलसी बताउँछिन् । ’गाउँ पुगेको केही समयमै आफू असुरक्षित रहेको बुझेपनि जागिर भएकाले केही समय सहे तर शारीरिक तथा मानसिक यातना देखि सामाजिक विभेदले सीमा नाघेपछि परिवारलाई सुनाए’, तुलसी भन्छिन् ।

अहिले तुलसी सदरमुकाम आएकी छिन् । जिल्ला प्रहरी कार्यालय मुगुले भने अहिलेसम्म तुलसीले उजुरी नदिएकाले अनुसन्धान नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी बिरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रकृया अघि बढ्ने बताएका छन् ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व