सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्व खानेपानीमन्त्री मगरले खानेपानीमन्त्री यादवलाई भनिन, ‘कञ्चनपुरका खानेपानीका सबै योजनामा बजेटको कमि हुन नदिनु’

कञ्चनपुर । पूर्व खानेपानीमन्त्री बिना मगर र वर्तमान खानेपानीमन्त्री महेन्द्र यादवविच भेटवार्ता भएको छ । मंगलबार पुर्व खानेपानीमन्त्री मगर र बहालवाला खानेपानीमन्त्री यादवविच मन्त्रालयमै भेटवार्ता भएको हो ।

तीन बर्ष अघि निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित एव खानेपानीमन्त्रीको जिम्मेबारीमा रहेकी बिना मगरले आफ्नो कार्यकालमा कञ्चनपुरमा शुरुवात भएका खानेपानीका कुनैपनि योजनामा बजेटको कमि नहुन नदिन र अधुरा योजना संचालनका लागि मन्त्री यादवको ध्यानाकर्षण गराएकी छिन ।

Sana Kishan

नेकपा माअ‍ोवादी केन्द्रकी नेतृ समेत रहेकी पुर्व खानेपानीमन्त्री मगरले गम्भिर भएर आफुले आफ्नो निर्वाचन क्षेत्र, जिल्ला एव प्रदेशमा खानेपानीका योजना हालेको उक्त योजना मध्ये केही सम्पन्न भएका केही हुन बाँकी रहेका र केही अधुरा हुँदा उक्त सबै योजनामा आवश्यक बजेट हालेर खानेपानीको योजनालाई पुर्णता दिन आग्रह गरेकी छिन ।

World Link Ads
Mahakali Polytechnic

पुर्वखानेपानीमन्त्रीका स्वकीय सचिव एव नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले निर्वाचन क्षेत्रका खानेपानीका योजना पुर्ण अघि बढाउन र पुनर्वास नपा ६ मा रहेको त्रिभुवनबस्ती, बेलौरी नपा ४ श्रीपुरमा रहेको खानेपानी उपभोक्ता समितिलाई नेपाल खानेपानी संस्थानले पुर्ण पुर्णमा संचालन गर्नेगरी बजेट विनियोजन गर्न समेत माग गरेको बताए ।

Dirghayu Ads

पुर्वमन्त्री मगरले राखेको प्रस्ताव मागप्रति खानेपानीमन्त्री महेन्द्र यादवले आफुले कञ्चनपुर सहित देशैभरी रहेका अधुरा खानेपानीका योजना संचालनमा जोडदिए । उक्त पुर्वमन्त्री मगर र बहालवालामन्त्री यादवविचको खानेपानी योजना सहित समसायिक राजनीतिक विषयमा भएको छलफल भेटघाटमा माओवादी केन्द्र कञ्चनपुरका नेता एव नेपाल खानेपानी संस्थानका निर्वतमान अध्यक्ष जिउलाल चौधरी सहितका नेता कार्यकर्ताहरु समेत सहभागि थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.