सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसद विष्टद्वारा बेलडाँडीको चौधर र झर्नाखोला क्षेत्रमा बन्ने पुलको अनुगमन

कञ्चनपुर।  सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले कञ्चनपुरको बेलडाँडी गाँउपालिका झर्नाखोला र चौधर नदीमा बन्ने पुल योजना क्षेत्रको अनुगमन गरेका छन । प्रदेश सभा सदस्य संसद विष्टले बेलडाँडीको झर्नाखोला र चौधर नदीमा बन्ने पुल योजना क्षेत्रको अनुगमन गरेका हुन । संसद विष्टले बिहीबार आफ्नो निर्वाचन क्षेत्र बेलडाँडी गाँउपालिका १ झर्नाखोला र ५ चौधर नदीमा बन्ने पक्की पुल निर्माण योजनाको स्थलगत अनुगमन गरेका छन ।

Sana Kishan

यस अघि नै ठेक्का भएको चौधर नदीको पुल समयमै निर्माण गर्न निर्माण व्यवसायी डिल्लीराज लेखक सहित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएका छन । भने अब बन्ने झर्नाखोला पुल निर्माण स्थलको अनुगमन गर्दै शिघ्र ठेक्का प्रकृयामा जान आब्हान गरेका छन । संसद विष्टले चौधर र झर्नाखोलाको नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि समेत पहल गर्ने बताए । प्रदेश संसद विष्टसंगै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र बहादुर अधिकारी, ईन्जिनियर हेमराज भट्ट, सहितका बेलडाँडीका स्थानीय जनप्रतिनिधी सहभागि भएका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.