सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लालझाडीका ईन्जिनियर कुटपिट प्रकरण : निर्माण व्यवसायी संघद्वारा सडकको स्थलगत अनुगमन

कञ्चनपुर । लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी माथि निर्माण व्यवसायी भीमसेन रानाले गरेको कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माणाधिन कालोपत्रे सडकखण्डको स्थलगत अनुगमन गरेको छ ।

निर्माण व्यवसायी रानाले आफुसंग ईन्जिनियरले घुस मागेको र नदिएपछि अनेकन बहानाबाजी गरेर दुख दिएको उल्टै बदनाम गर्न कुटपिट गरेको निराधार लगाएर प्रहरीमा उजुरी दिएको भन्दै संघमा निवेदन दिएको थियो ।

संघमा आफु पीडित रहेको निवेदन दिएपछी आइतबार निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टको नेतृत्वमा लालझाँडी गाउँपालिका–२ कञ्ज बजारको विवादित सडक कालोपत्रेको गाउँपालिका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय राज बहादुर सार्की, कार्यपालिका सदस्य एवं लालझाँडी–२ का वडाअध्यक्ष आशाराम राना, लालझाँडी–५ का वडाध्यक्ष पहल बहादुर थापा, निर्माण व्यवसायीहरुले सयुंक्त रुपमा स्थलगत अनुगमन गरेका छन ।

कलाकानडा कन्स्ट्रक्सन एण्ड सप्लाई प्रालीले उक्त सडक निर्माणको ठेक्का पाएको थियो । मंसिर ११ गते गाउँपालिकाका इन्जिनियर राम प्रसाद अवस्थी निर्माणधिन कालोपत्रे सडकको अनुगमनमा गएको समयमा कलाकानडा कन्स्ट्रक्सनका सञ्चालक भीमसेन रानाले अनावश्यक रुपमा दुःख दिएको भन्दै इन्जिनियर अवस्थी माथि हातपात गरेका थिए ।

Mahakali Polytechnic

अनावश्यक दुःख दिने गरेको, प्राविधिकको आवश्यकता हुँदा उपस्थित नहुने, कहिले काहि काम भइरहेको स्थानमा आएर यो वा त्यो वहानामा स्रोत साधन बन्दगरी इन्जिनियर अवस्थीले अनावश्यक दुःख दिने गरेको निर्माण व्यवसायी रानाको आरोप छ ।

World Link Ads

उद्यपी इन्जिनियर अवस्थीले भने आफुले कुनै प्रकारको दुःख नदिएको र काममा बाधा समेत नपुर्याएको बताउदै आएका छन् । गुणस्तरीयका नभएको र मापण्डमा रहि काम गर्न अह्वाउदा ठेकेदारले आफुमाथि अभद्र व्यवहार तथा कुटपिट गरेको इन्जिनियर अवस्थी दाबी छ ।

 

Sana Kishan

आइतबार लालझाँडीको उक्त विवादित एवं निर्माणाधिन सडकखण्डको निर्माण व्यवसायी संघ कञ्चनपुरको टोली सहित सरोकारवाला निमायहरुले स्थलगत अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा निर्माणाधिन सडक खण्ड मापदण्डमै रहेर निर्माण गरिएको निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टको ठहर छ । अध्यक्ष भट्टले यस अघि गुणस्तहिन नभए पुर्ननिर्माण गर्न लगाउने मापदण्ड अनुरुप सडक निर्माण हुँदा घुस माग्ने ईन्जिनियरमाथि कार्बाहीका लागि पहल गर्ने बताएका थिए ।

लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले निर्माण व्यवसायी संघले अनुगमन गरेको गएको बताए । उनले घटना बारे थप बुझेर अघि बढने बताउँदै आएका छन ।

उक्त घटनाका कर्मचारी ईन्जिनियरको पक्षमा र निर्माण व्यवसायी सहितका केही स्थानीय ठेकेदारको पक्षमा देखिएका छन । कुटपिट भएपनि ईन्जिनियर अवस्थी कार्यालयमा उपस्थिति नभएको पालिकाले जनाएको छ । भने, कामकाज समेत प्रभावि भएको छ ।

ईन्जिनियरले राना जस्तै अन्य ठेकेदार, उपभोक्ताबाट कमिसन खाएर पालिकामा योजना गुणस्तहिन बनाएको आरोप लगाएर १३ मंसिरमा पालिकामा बिरोध प्रर्दशन गरेका थिए । भने, राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्नेमाथि कार्बाहीको माग अघि सारेर कर्मचारी संघ संगठनले माग अघि सारेका छन । ईन्जिनियर कुटने ठेकेदार राना पक्राउ परिसकेका छन ।

ईन्जिनियर अवस्थीले गुणस्तरको विषयमा प्रशन गर्दा कुटपिट गरेको बताएका थिए, भने ठेकेदार रानाले आफुसग ईन्जिनियर अवस्थीले डेढ लाख रुपैया घुस मागेकाले विवाद चर्किदा घकेदाधकेल मात्रै भएको बताए । उक्त प्रकरणमा ईन्जिनियरले न्यायका लागि ठेकेदार राना बिरुद्धमा प्रहरी र ठेकेदार रानाले ईन्जिनियर अवस्थी बिरुद्धमा अख्तियारमा उजुरी दिएका छन । उक्त घटना पछिका बाँकी रहस्यमाथि अनुसन्धान गर्न समेत स्थानीय स्तरबाट माग गरिएको छ । कर्मचारी संघ संगठनहरुले ठेकेदारमाथि कार्बाहीको माग अघि सारेका छन । केही स्थानीयले हरेक योजनाबाट कमिसन खाने भ्रष्टाचारमा लिप्त ईन्जिनियरमाथि कार्बाहीको माग अघि सारेर पालिका बिरुद्धमा बिरोध प्रर्दशनले कार्यालयमा असहज अवस्था सृजना भएको छ । उक्त प्रकरण साम्यको साटो दैनिक बल्झिरहेको छ । जसका कारण पालिकाको विकास निर्माणको कामकाज प्रभावित भईरहेको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.