सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्माण व्यवसायी संघ भन्छ, ‘ईन्जिनियर अवस्थीले व्यवसायी रानालाई अनाश्यक दुख दियो’

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि निर्माण व्यवसायी भीमसेन रानाले गरेको कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी राना र ईन्जिनियरविच गत साता भएको कुटपिट प्रकरणमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

संघले जारी गरेको विज्ञप्तीमा निर्माण व्यवसायीलाई ईन्जिनियर अवस्थीले अनावश्यक दुख दिनुका साथै थुप्रै टर्चर दिएको जनाईएको छ ।

संघ कञ्चनपुरका साधारण सदस्य समेत रहेका व्यवसायी कलाकन्द कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सचालक समेत रहेका भिमसेन रानाले उक्त ठेक्काको काम गर्दा लालझाडीका ईन्जिनियर राम प्रसाद अवस्थीले अनावश्यक रुपमा दुःख दिने, प्राविधिकको आवश्यकता हुँदा उपस्थित नहुने, काम गरे पछि विभिन्न किसिमका आरोप लगाई हैरानी पार्ने लगायतका विभिन्न दुःख दिने गरेको जनाईएको हो ।

Mahakali Polytechnic

११मंसिरका दिन ठेक्काको काम भई रहेको स्थानमा आई अनावश्यक बखेडा झिकी काम नै हुन नदिने स्रोत साधन बन्द गरि निर्माण व्यवसायी र श्रमिकहरुसंग समेत अभद्र व्यवहार गर्न थालेको अवस्थामा सामान्य छलफल र विवाद भएको र कुनै कुटपिट नभएको दावि गरिएको छ ।

World Link Ads

लालझाडी गापा र यस निर्माण व्यवसायी संघ कञ्चनपुरको रोहवरमा दुबै पक्ष विच छलफलगरी सत्य, तथ्य निरुपण गर्ने भन्ने तयारी भई रहेकै अवस्थामा निर्माण व्यवसायी रानालाई हिरासतमा लिने कार्य भएको खबरले निर्माण व्यवसायी संघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

Sana Kishan

निर्माण व्यवसायीले कानून र मापदण्ड विरुद्ध काम गरेका खण्डमा कानूनी कारवाही हुनुपर्ने, ठेक्का बदर भई निर्माण व्यवसायीबाट क्षतिपुर्ति समेत असूल हुनुपर्ने बिषयमा निर्माण व्यवसायी संघ कञ्चनपुर सदा तयार रहेको घोषणा गरिएको छ । ‘संघले कानूनी राज्यमा विश्वास गर्ने र सबै कार्य कानून अनुरुप हुनुपर्नेमा कडा दावी राख्छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘निर्माण व्यवसायीले कानून बमोजिम लिएको ठेक्काको काम हुदा कानून विपरित दखल गर्नु कानून सम्मत हुदैन ।’

संघका अध्यक्ष निरन्जन प्रशाद भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटना दुःखद भएको र यस बिषयमा सम्बन्धित निकायले स्वच्छ र यर्थात अनुसन्धान गरि दोषिलाई उचित कानूनी कारवाही हुन संघ बिषेश माग राख्दै समयमै आवश्यक कारवाही र छानविन नभएमा निर्माण व्यवसायी संघ कञ्चनपुरले कडा कदम चाल्न बाध्य हुने जनाईएको छ ।

उक्त घटनाका कर्मचारी ईन्जिनियरको पक्षमा र निर्माण व्यवसायी सहितका केही स्थानीय ठेकेदारको पक्षमा देखिएका छन ।

कुटपिट भएपनि ईन्जिनियर अवस्थी कार्यालयमा उपस्थिति नभएको पालिकाले जनाएको छ । भने, कामकाज समेत प्रभावि भएको छ ।

ईन्जिनियरले राना जस्तै अन्य ठेकेदार, उपभोक्ताबाट कमिसन खाएर पालिकामा योजना गुणस्तहिन बनाएको आरोप लगाएर १३ मंसिरमा पालिकामा बिरोध प्रर्दशन गरेका थिए । भने, राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्नेमाथि कार्बाहीको माग अघि सारेर कर्मचारी संघ संगठनले माग अघि सारेका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरले समेत उक्त घटनामा ईन्जिनियरले घुस मागेको र निर्माण व्यवसायीले कामको गुणस्तरविषयमा अध्ययन गर्ने जनाएको छ । गत बर्ष निर्माण व्यवसायी भीम सेना राना संचालक रहेको कन्दकला कष्ट्रक्सन एड सप्लायर्स प्रालिले कञ्जमा सडक कालोपत्रे जिम्मा पाएको थियो । ईन्जिनियर अवस्थीले गुणस्तरको विषयमा प्रशन गर्दा कुटपिट गरेको बताएका थिए, भने ठेकेदार रानाले आफुसग ईन्जिनियर अवस्थीले डेढ लाख रुपैया घुस मागेकाले विवाद चर्किदा घकेदाधकेल मात्रै भएको बताए । उक्त प्रकरणमा ईन्जिनियरले न्यायका लागि ठेकेदार राना बिरुद्धमा प्रहरी र ठेकेदार रानाले ईन्जिनियर अवस्थी बिरुद्धमा अख्तियारमा उजुरी दिएका छन । उक्त घटना पछिका बाँकी रहस्यमाथि अनुसन्धान गर्न समेत स्थानीय स्तरबाट माग गरिएको छ । कर्मचारी संघ संगठनहरुले ठेकेदारमाथि कार्बाहीको माग अघि सारेका छन । केही स्थानीयले हरेक योजनाबाट कमिसन खाने भ्रष्टाचारमा लिप्त ईन्जिनियरमाथि कार्बाहीको माग अघि सारेर पालिका बिरुद्धमा बिरोध प्रर्दशनले कार्यालयमा असहज अवस्था सृजना भएको छ । उक्त प्रकरण साम्यको साटो दैनिक बल्झिरहेको छ । जसका कारण पालिकाको विकास निर्माणको कामकाज प्रभावित भईरहेको छ । यसतर्फ ध्यान दिनुपर्ने सरोकारवालाले दुवै पक्षसंग अनुरोध गरेका छन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.