सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

हरिश्चन्द्र बाग, कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । परराष्ट्र मन्त्री एनपी साउदले शनिबार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताउनु भएको छ ।

 

निर्माण कम्पनी आशिष्(रश्मी जेभीसँग २०७७ मङ्सिर २४ गतेका दिन रु। १ करोड ६९ लाख २२ हजार ४८० रकममा सम्झौता गरिएकोमा २०८० असार ३० गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीलाई रु। १ करोड ६२ लाख ८३ हजार २०८ रकम भुक्तानी गरिएको थियो । नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिनुभयो ।

 

Sana Kishan

भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताउनु भयो । भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण गरिएको भवनमा विभिन्न शाखाहरूका लागि ठाउँको अभाव थियो । अब उक्त समस्या समाधान भएको छ ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.