सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुनर्वास नगरको प्रशासकीय भवन उद्घाटन

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका प्रशासकीय भवन उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्तमका विच पुनर्वास नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको हो । परराष्ट्रमन्त्री एनपी साउदले भवन उद्घाटन गर्दै भवन निर्माणसंगै जनतालाई गुणस्तरिय सेवा सुविधामा जोडदिए । कार्यक्तममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरका मेयर पदम बोगटी, शुक्लाफाँटा नगरका मेयर रण बहादुर महरा, कृष्णपुरका मेयर हेमराज ओझा, दोधाराचाँदनी उपमेयर गंगा जोशी, बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथ, पुनर्वासका निवर्तमान मेयर जिवन थापा, नि उपप्रमुख शारदा विष्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले शुभकामना मन्तव्य राख्दै भवन अनुरुप जनताको सेवा प्रवाहमा जोडदिएका छन ।

कृष्णपुरका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरीले आशिष रश्मी जेभी कैलालीले २४ मंसिर ७७मा शुरु गरेर ३० असार ०८०मा सम्पन्न गरेको बताए । झण्डै १करोड, ६९ लाख, २२ हजार ४सय ८०रुपैयामा दुईतले भवन निर्माण गरेको बताए । पुनर्वास नगरका मेयर तोया प्रशाद शर्माले भवन अनुरुप जनतालाई सुविधा दिने प्रतिबद्धता जाहेर गरेका छन । पुनर्वास नगरकी उपप्रमुख भुलिया रुानाले स्वागत मन्तव्य राखेको कार्यक्तमको संचालन प्राविधिक कर्मचारी होमनाथ ढकालले गरेका थिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.